नेकपा एमाले धुलिखेलको टोल कमिटी गठन तिब्ररुपमा हदैं

धुलिखेल । नेकपा एमाले धुलिखेलले आफ्नो संगठन निर्माणलाई तिब्ररुपमा अगाडि बढाएको छ । नेकपा एमाले धुलिखेलले आफ्नो संगठन निर्माणलाई तिव्रता दिदैं टोल – टोलमा कमिटी गरिरहेको छ यसै सिलसिलामा धुलिखेल नगरपालिकाको वडा नं ३ आचार्य गाउँमा जयराम आचार्यको अध्यक्षतामा २५ सदस्यीय “नेकपा एमाले आचार्य गाउँ टोल कमिटी” गठन , कार्यक्रम नेकपा एमाले काभ्रे जिल्ला कमिटी अध्यक्ष अशोक ब्यान्जुको प्रमुख आतिथ्यता सम्पन्न गरेको छ ।
धुलिखेल नगरपालिकाको वडा नं ३ तल्लो कुतालमा रामकुमार बुढाथोकीको अध्यक्षतामा २५ सदस्यीय “नेकपा एमाले धुलिखेल ३ तल्लो कुत्ताल टोल कमिटी” गठन , कार्यक्रम नेकपा एमाले काभ्रे जिल्ला कमिटी अध्यक्ष अशोक ब्यान्जुको प्रमुख आतिथ्यता सम्पन्न भइसकेको छ ।
यस्तै नेकपा एमाले धुलिखेल ३ न वडा कमिटीको आयोजनामा इन्द्र तामाङको अध्यक्षतामा २५ सदस्यीय “नेकपा एमाले धुलिखेल वडा नं ३ कुत्ताल टोल कमिटी” गठन , पार्टी प्रवेश साथै सपथ ग्रहण कार्यक्रम नेकपा एमाले बागमती प्रदेश सदस्य क.बिमला शर्मा चौलागाईं प्रमुख आतिथ्यता सम्पन्न भएको छ ।
यसैगरी नेकपा एमाले धुलिखेल नगरको ११ नम्बर वडाको कल्छेटोल कमिटी गठन सम्मपन्न गरेको छ । उक्त कार्यक्रममा नेकपा एमाले काभ्रे जिल्लाको अध्यक्ष अशोक ब्यान्जुको प्रमुख आतिथ्य रहेको थियो जसमा नेकपा एमाले टोल कमिटी गठन गरिनुका साथै राष्ट्रिय युवा संघको टोल कमिटी पनि गठन गरेको छ ।
प्रकाशित मिति: १५ फागुन २०७८, आइतवार १८:४७ बजे