४ चैत २०८१, मंगलवार

रण बहादुरको नेतृत्वमा निर्माण भयो साविक ०४ मा टोल कमिटि

धुलिखेल वडा नं ११ पात्लेखेत साविक ०४ मा रणबहादुर भुजेलको अध्यक्षतामा सदस्यिय टोल कमिटि निर्माण सम्पन्न भएको छ ।

नेकपा एमालेको विधान अनुसार निर्माण गर्दै गरेको कमिटि र सँगठन अनुरुप साविक ०४ मा टोल कमिटि हर्षोल्लासका साथ आज निर्माण भएको छ ।

नेकपा एमाले धुलिखेल वडा नं ११ वडा कमिटि अध्यक्ष मन्दिप गौतमले अध्यक्षता ग्रहण गर्ने क्रममा एमाले नै यस्तो पार्टी हो जो हरेक जनताको पक्षमा रहेको कुरा व्यक्त गर्नु भएको छ । विभिन्न प्रलोभनमा पारि खाजा खुवाएर आफ्नो पार्टीम तान्न खोज्ने अरु पार्टिले गरिरहँदा एमालेले भने हरेक जनताको सुखदुःखमा साथ दिएको बताउनु भयो । कुम्भकर्ण जसरि सुतेर बस्ने र चुनावको बेला सल्बलाउने प्रजातिका अरु पार्टिले चुनाव लक्षित काम गरेर प्रलोभन देखाई आफ्नो पार्टिमा तान्न खोज्ने देखि सतर्क रहन समेत आग्रह गर्नु भएको छ ।।

अघिल्ला समय र पाँच वर्ष भित्र गरेका विकास र पुर्वाधार स्तरोन्नति गर्ने काम नेकपा एमालेको पालामा भएको कुरामा ठुलिटारका जनताले मनन गरेको कुरा स्मरण गराउदै अहिले केहि सिटामोलको झोला बोकेर लोभ्याउने प्रति नलाग्न आग्रह गर्दै आफ्नो शुभकामना मन्तव्य , धुलिखेल नगर कमिटि सदस्य राजकुमार श्रेष्ठले राख्नु भएको छ ।

नेकपा एमाले धुलिखेल नगर कमिटि सचिव विष्णु धितालले पार्टिको बिषयमा र आफ्नो कार्यकाल रहँदा धुलिखेल ११ पात्लेखेतमा गरेका विकासका कार्यक्रम हेर्ने हो भने विगत पाच वर्ष फर्केर हेर्दा पहिला र अहिलेको अवस्थाको पात्लेखेतले निकै फड्को मारेको कुरा व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा विशेष अतिथिको रुपमा नेकपा एमाले धुलिखेल नगर कमिटि अध्यक्ष दयाराम महत रहनु भएको थियो । टोल कमिटि गठन कार्यक्रमलाइ सम्बोधन गर्नु हुदै उहाँले नेकपा एमाले नै सधै नै सिप सिकाउने र दिगो बिकासको योजना बनाउने कुरा व्यक्त गर्नु भएको छ । नेकपा एमाले प्रति जनाताको माया देखेर सहभागि हुने प्रति अरु पार्टीले इर्स्या गरेर एमालेको केहि नबिग्रिने बताउनु भएको छ । गाउँ गाउमा प्रतिनिधि तथा आफ्नो नेता छानिरहदा नेतृत्व र जनमत एकातिरै नै हुने गरि छान्न र एमालेले त्यसैगरि नेतृत्व चयन गरेको कुरा व्यक्त गर्नु भएको छ । उहाँले एमालेको पालामा गरेको राष्ट्रिय विकासको बारेमा समेत कार्यक्रममा व्यक्त उजागर गर्नु भएको छ ।

नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य , नेकपा एमाले काभ्रे जिल्ला कमिटीका पुर्व सचिवलाय सदस्य तथा साविक पात्लेखेत पुर्व गाबिस अध्यक्ष केशब बडालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । वडालले पार्टिमा भएका कुराहरुलाइ क्रमबद्ध रूपमा अघि बढाउनको लागि टोल कमिटि निर्माण गरि आवश्यक कामकारबाही गर्न सहज हुने कुरा व्यक्त गर्नु भएको छ । राष्ट्रिय राजनितिमा भएको अहिलेको किचलोलाइ समेत औल्याउँदै उनले अहिले पनि अरु पार्टीहरु एक हुने र नेकपा एमाले सिङ्गो एक्लै लडिरहँदा समेत एमाले पहिलो हुने समेत विश्वास व्यक्त गर्नु भएको थियो । महिलालाइ सँगठित गर्ने , निति नियम बनाउने , विद्यार्थीहरुको मेहेनत समेतलाई कदर गर्दै सर्टिफिकेट मार्फत लोन दिने प्रचलन समेत नेकपा एमाले जनता माझ ल्याएको कुरा स्पष्ट गर्नु भएको छ । गाविस अध्यक्ष भइरहँदा आउने न्युनतम बजेट र अहिले नगरपालिका भइ वडा हुदाको बजेटले नेकपा एमालेको नेतृत्वमा गरेको विकासले पात्लेखेतले‌ मुहार फेरेको कुरा कार्यक्रमलाइ सम्बोधन गर्दै भन्नु भएको थियो ।

कार्यक्रममा धुलिखेल नगरपालिका कार्यालयपालिका सदस्य जमुना देवि लामा , जिल्ला समन्वय समिति सदस्य गिता सुनार , नेकपा एमाले धुलिखेल नगर कमिटि सदस्यहरु ध्रुव बडाल , राजकुमार श्रेष्ठ , धुलिखेल वडा ११ अनेमसंघ अध्यक्ष कमलि तामाङ , अनेरास्ववियु धुलिखेल नगर कमिटि अध्यक्ष प्रभुराम धिताल , पात्लेखेत वडा कमिटि उपाध्यक्ष जय वहादुर तामाङ , सहसचिव माननाथ हुमागाईं लगायत वडा कमिटि सदस्यहरु तथा साविक पात्लेखेत गाविस वडा न ०४ का स्थानियको बाक्लो उपस्थिति रहेको थियो । साथै नेकपा एमाले धुलिखेल ११ वडा कमिटि सचिव सञ्जय न्यौपानेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २२ फागुन २०७८, आइतवार १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु