१७ माघ २०७९, मंगलवार

पोखरामा कोरोनाबाट थप एकको मृत्यु , गण्डकीमा संक्रमित ७५३ पुगे

पोखरा । कोरोना भाइरस संक्रमणका कारण गण्डकीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाको सिरुबारीका ५५ वर्षीय पुरुषको गए राति निधन भएको पोखारा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञान प्रतिष्ठानले जनाएको छ ।
असार ८ गते कोरना संक्रमण, गम्भीर निमोनिया तथा मधुमेह भई भेन्टिलेटरमा राखी उपचार गरिएकोमा गए राती ११ः ३५ मा निधान भएको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि कोरोनाबाट वालिङका ५८ वर्षे पुरुषको निधन भइसकेको छ
थपिए ४ जिल्लामा ११ जना संक्रमित ७५३ पुगे,
गण्डकी प्रदेशमा कोरोना बिहीबार संक्रमितको संख्या ७५३ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौंडामा गरिएको परिक्षणमा ४ जिल्लामा ११ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नवलपुरमा १ सय ८३, बागलुङमा १ सय ४२, स्याङ्जामा १ सय ३५, तनहुँमा ९१, पर्वतमा ६८, गोरखामा ७२ ,रहेका छन् । पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गोरखापत्र बाट

प्रकाशित मिति: ११ असार २०७७, बिहीवार १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु