१६ असार २०७९, बिहीवार

यि हुन धुलिखेल नगरपालिकाले गरेका ४० कार्यक्रमको सूची

धुलिखेल । धुलिखेल नगरपालिकामा नगरप्रमुखको रुपमा अशोक कुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित भएदेखि हालसम्म संक्षिप्त प्रगतिको विवरण ४० कार्यक्रमको सूची ।

धुलिखेल नगरपालिकाले हासिल गरेको प्रगतिको महत्वपूर्ण कामको फेहेरित्त तथा धुलिखेल नगरपालिका बाट सम्पादित कार्य अदितिय छ ।

नगरप्रमुख ब्याञ्जु निर्वाचित भएदेखि गरेको प्रगति विवरणमा खुल्ला दिसामुक्त घोषणादेखि अपाङ्ग मैत्री ट्रेल निर्माणसम्म भएको छ । १. खुल्ला दिसामुक्त घोषणा, २. साक्षर नगर घोषणा, ३. बालमैत्री शहर घोषणा, ४. शून्य कार्वन उत्सर्जन गर्ने शहर घोषणा, ५. एक घर धारा शुद्ध पानी बितरण ८४ प्रतिशत पुगेको छ ।

६.५३ वटा पार्क निर्माण, ७. स्वास्थ शहर कार्य योजना, ८. गरिबी निवारण ८ प्रतिशत बाट४.३७ मा घटाउन सफल, ९. नगरपालिका भित्रका सतप्रतिशत जनताले कोभिड्को खोप सेवा लिएको, १०. क्याम्पस तह सम्म निःशुल्क पढाईको ब्यवस्था गरिएको छन् ।
त्यस्तै ११. महिला, अपाङ्ग, दलितर जनजाती र युवा परिषद गठन गरि स्वरोजगार सृजना, १२. महिला गर्भवती सेवा र महिला स्वरोजगार कार्यक्रम, १३. सबै वाडूमा स्वास्थ चौकि निर्माण सम्पन्न, १४. १२ दशमलब ५ किमि सडकलाई ५६ किमि पुर्याउनु, १५.१६४ किमि बाटो निर्माण १६.७१ प्रतिशत फोहोर पानी प्रसोधन गरेको छ ।

१७. बातावरण मैत्री शहर निर्माण, १८. पर्यटन शहर निर्माण, १९. भुम्कम्प पछि ९२ प्रतिशत घर पुनर्निर्माण, २०. कृषि रणनीति तथा आय आर्जनमा उल्लेखिय सुधार, २१.९८ प्रतिशत योजना जन सहभागितामा आधारित, २२. स्वास्थ बिमा सुरुवात, २३.९८ प्रतिशत दिगो बिकास लक्ष्य हासिल शिक्षा, स्वास्थ, गरिबी निवारण र पुर्वाधार, २४. पुरानो मठ मन्दिर पाटी धारा पुनर्निर्माण, २५. विश्व समुदाय मा नयाँ सहरी बिकासको पहिचान गराउन सफल भएको ।

२६. औद्योगिक ग्राम निर्माण, २७. एक वार्ड एक उत्पादन, २८. शून्य भ्रष्टाचार युक्त शहर, २९ ७३ वटा ऐन र कार्यबिधी निर्माण, ३० न्यायिक समिती बाट कार्य उदाहरणिय सुधार, ३१. सुशासन, पारदर्शी, जवाफदेहि र उत्तरदायी सहर निर्माण, ३२. सबैको घर घरमा बत्ती नभएको ठाउँमा सोलार राखिएको छ ।
३३. सडक बत्ती सोलार ब्यबस्था, ३४. १८ वटा बिद्यालय भवन निर्माण, ३५ वाइफाइ सेवा २० स्थानमा र सिसि क्यामेरा २६ स्थानमा जडान, ३६. सभा हल निर्माण, ३७.३६ वटा विभिन्न परियोजना सन्चालन, ३८. संग्राहलय निर्माण, ३९. वृद्धा आस्रम निर्माण, ४०. अपाङ्ग मैत्री टेर्ल निर्माण गरिएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०७८, शुक्रवार १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु