१७ माघ २०७९, मंगलवार

पनौतीमा काग्रेसका मेयरको आकांक्षीको नाम बाटोमै गायब काग्रेस भित्र खैलाबैला

सिफारिस नाम बाटैमा ‘कोल्याप्स’, पनौती काग्रेंसमा रुवावाशी

काभ्रेपलाञ्चोक । काभ्रेको पनौती नगरपालिकाका नगरकमिटिले काग्रेंसबाट नगरमा उठ्न चाहने मेयर उपमेयरका आकाक्षीको नाम सिफारिस गरेर पठाए पनि उक्त नामहरु बाटैमा फेरिएको तथ्य खुलेको छ । अकाक्षीहरुको नाम बाटैमा हटाएर नयाँ नाम टिकटका लागि सिफरिस भएको तथ्य खुलेसँगै यत्तिखेर पनौती काग्रेंस विक्षिप्त छ । आकाक्षी देखिएका र बैठकले सिफारिस गरेका कुनै पनि व्यक्तिले टिकट नपाउने पक्का पक्की भएसँगै पनौती काग्रेंसमा चुनाव हराउन पार्टीकै नेता लागेको आरोप लाग्न थालेको छ । नगरभेलाबाट मेयर र उपमेयरका आकाक्षीहरुलाई सिफारिस गरेर पठाइए पनि काग्रेसले तलबाट पठाइएका कुनै पनि नामावलीलाई टिकट नदिने भएसँगै सबै आकाक्षीहरु नेताको विरुद्घ एक भएका छन् ।
काग्रेंसका केन्द्रीय प्रभावशाली नेता शिव हुमागगाइको बलमा नगरबाटै नाम कटाइए पछि पनौती नगरमा मेयरका आकांक्षीहरु भेला भएर नगर कमिटिले पठाएका नामबाटै टिकट नआए परिणाम जे पनि आउने र त्यसको जिम्मेवार पार्टी हुनु पर्ने चेतावनी दिन थालेका छन् । मेयर पदका आकांक्षीहरु भोला थापा, राजेन्द्र पसछे, धन बहादुर जगम,महेश पौडेल, बिजयराम कर्माचार्य,दिनेश हुमागाई,प्रल्हाद के.सी, प्रदीप बोगटी,अर्जुन बञ्जारा,सुमेश थापा,राघब सिध्वापान र उपमेयरका आकाक्षीहरु राजेश कुमार श्रेष्ठ,सुमित्रा आचार्य बजारा, आरती सापकोटा, अनिता बस्नेतले जिल्ला काग्रेंसलाई आफूहरुको कुरा सुन्न र आफुहरु मध्ये नै टिकट दिलाउन नेताहरुलाइ ध्यानाकर्षण गराएको हो ।
उनीहरुले नेपाली कांग्रेस जिल्ला कार्य समितिलाई पत्र लेख्दै आकांक्षीहरुको नामावली समाबेश गरी पाउँ भनी निवेदन दिएका हुन् । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिले आसन्न स्थानीय निर्वाचनका लागी मेयर उपमेयरका आकाक्षी उमदवारहरुको नामावली सिफारिश गर्न गरेको अनुरोध अनुसार पनौती नगर कार्य ससमितिका सभापति पदाधिकारी र आकाक्षीहरु बीच पटक पटक भएका छलफलले पठाएका नाम हटाई अरुकै नाम मात्र पठाएकोले आफुहरु निराश भएको उल्लेख छ ।

प्रकाशित मिति: १० वैशाख २०७९, शनिवार १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु