४ जेठ २०७९, बुधवार

पाँचखालमा आर्थिक विकासको एमाले मोडल : कृषि भूमिमा पानी, सिंचाईमा लगानी

पाँचखाल–सम्भावना प्रशस्तै भए पनि सही नेतृत्वको अभावका काभ्रेको पाँचखाल नगरपालिकामा आर्थिक उन्नति स्थानीयबासीको सपनाजस्तै बनिसकेको छ । अघिल्लो चुनावमा पाँचखालालाई अमेरिकी मोडलमा विकास गर्ने भाषण सुनेर मख्ख परेका पाँचखालबासी अहिले निराश बनिसकेका छन् । तर, पाँचखालमा दीर्घकालिन आर्थिक विकासको जग बसाउने संकल्पसहित नयाँ नेतृत्वका लागि युवा नेता कञ्चन अधिकारी चुनावी मैदानमा उत्रिएका छन् ।

‘जनताले नयाँ नेतृत्व र नयाँ योजना खोजेका छन्’, नेकपा एमालेबाट पाँचखाल नगरपालिकाको उम्मेदवार बनेका अधिकारी भन्छन्, ‘जनताको अपेक्षा पुरा गर्नेगरी आर्थिक विकासको खाका नेकपा एमालेले कोरिसकेको छ ।’ पाँचखाल नगरपालिकाको नारा छ ः कृषि शहर, पाँचखाल नगर । तर नाराअनुसार अहिलेसम्म काम हुन सकेको छैन । किसानले नगरपालिकाबाट कृषि क्षेत्रमा केही प्राप्त गर्नै नसकेको अवस्थामा एमाले पाँचखालले आर्थिक विकासको पहिलो शर्त नै बनाएको छ ः “कृषि भूमिमा पानी, सिंचाईमा लगानी” । पाँचखाल नगरपालिका कृषिबाटै समृद्ध बन्न सक्छ, तर त्यसका लागि सिञ्चाई मुख्य समस्याको रुपमा रहेको छ । सिञ्चाईको समस्यालाई दीर्घकालिनरुपमा समाधान गर्न साविकका सतह सिंचाईका कुलाहरुलाई मर्मत संभार गरिने छ । सतह सिंचाई नपुगेका कृषियोग्य भूमिमा लिफ्टिङ, डिपबोरिङ, डिपट्युवेल तथा इनार, आकासेपानी संकलन, प्लाटिक पोखरी, थोपा सिंचाई जस्ता बैकल्पिक सिंचाइका उपायहरु द्वारा सिंचाईको प्रबन्ध गरिने एमालेको प्रतिवद्धता छ । यस्तै तरकारी र तरकारीको बिउ ढुवानीका लागि अनुदान दिने, बाँझो जमिनमा खेतीका लागि प्रोत्साहन गर्ने लगायतका योजना पनि अघि सारिएको छ ।
नेकपा एमालेले पाँचखाल नगरपालिकामा विजयी भएपछि सहकारी क्षेत्रको प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास लगायतका योजनाबाट नगरमा आर्थिक विकास गर्ने प्रतिवद्धता एमालेले गरेको छ । आफूहरु असम्भव नारा र योजना लिएर नआएको बताउँदै नगर प्रमुख पदका उम्मेदवार अधिकारीले, गर्न सकिने र पाँचखालबासीले विकासको अनुभूति गर्ने गरी योजना तयार पारिएको जानकारी दिएका छन् ।
कस्ता छन् त पाँचखालमा आर्थिक विकासको एमाले मोडल ?

आर्थिक विकास
कृषि तथा पशुपंछीः
“कृषि भूमिमा पानी, सिंचाईमा लगानी”
– पाँचखालका कृषि योग्य जमिनमा सिंचाईका लागि कृषिभूमिमा पानी सिंचाईमा लगानी नामक कार्यक्रम संचालन गरिने छ ।
– साविकका सतह सिंचाईका कुलाहरुलाई मर्मत संभार गरिने छ । सतह सिंचाई नपुगेका कृषियोग्य भूमिमा लिफ्टिङ, डिपबोरिङ, डिपट्युवेल तथा इनार, आकासेपानी संकलन, प्लाटिक पोखरी, थोपा सिंचाई जस्ता बैकल्पिक सिंचाइका उपायहरु द्वारा सिंचाईको प्रबन्ध गरिने छ ।
– उन्नत जातको बिउ, आधुनिक प्रविधिको उपयोगलाई प्राथमिकता दिईने छ ।
– उन्नत जातको तरकारी बिऊ खरिदमा र तरकारीबालीको ढुवानीमा कृषकलाई अनुदानको ब्यबस्था गरिने छ । स्थानीय स्तरमै बिऊ बैकको स्थापना र सबलिकरण गरिने छ ।
– अन्न तथा तरकारी बाली सिजनमा रासायनिक मलको अभाब नहुने ब्यबस्था मिलाईने छ ।
– अनैकोट, पाँचखाल, होक्से, कोशीदेखा, खरेलथोक, पलाञ्चोक र देवभूमी बालुवा क्षेत्रका कृषि उत्पादकत्व कमी भएका पाखा बारीहरुलाई फलफूल क्षेत्रका रुपमा बिकास गरिने छ ।
– बर्षादको पानी संकलन गर्न बिभिन्न स्थानहरुमा सिंचाई पोखरीहरु निर्माण गरिने छ ।
– कृषि तथा पशुपँक्ष्ीि ब्याबसायलाई ब्याबसायीकरण गरि युवाको आकर्षण बढाईने छ । कृषिमा लागत कमी गर्न आधुनिक प्रबिधि र यान्त्रीकरणमा जोड दिइने छ ।
– अग्र्यानिक खेतीको विकास, प्राङ्गारिक मल र जैविक विषादीको उत्पादन र प्रयोगलाई प्राथमिकता दिईने छ ।
– तरकारी संकलन केन्द्रहरुको ब्यबस्था गरि कृषकले उत्पादन गरेका ताजा तरकारीको पारदर्शि रुपमा उचित मुल्य प्राप्त गर्न सक्ने गरि बजारीकरणको ब्यबस्था गरिने छ ।
– उत्पादकदेखि उपभोक्तासम्म पुग्दा हुने मुल्य अन्तर कमी गर्न सहकारी सहकारीका माध्यमबाट कृषि उपजको सङ्कलन, प्रशोधन, भण्डारण, बजारीकरण, विक्री वितरण सम्बन्धी कार्यको थालनी गरिने छ ।
– बाँझो जमिनलाई उपयोगमा ल्याउन प्रोत्साहन गरिने छ र जमिन बाँझो नरहने गरी निरुत्साहनको नीति लिइने छ ।
– कृषि बिमा प्रबन्धको सहजीकरण, सरल कृषि कर्जाको उपलब्धतामा समन्वय गरिने छ ।
– कृषि तथा पशुसेवा सबन्धी प्राविधिक जनशक्तिको उत्पादनमा छात्रबृत्तिको ब्यबस्था गरिने छ ।
– पाँचखाललाई आलु र अन्य तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिने छ । आलुप्रशोधन केन्द्रको स्थापनाको लागि पहल गरिने छ ।
– कृषकहरु तथा कृषि सहकारीको सहभागितामा कोल्ड स्टोरेज स्थापना गरिने छ । बिऊको लागि भण्डारण गरिने आलुमा लाग्ने शुल्क अनुदान दिइने छ ।
– पशु–पंक्ष्पििालनका लागि नस्ल सुधार, उन्नत घाँस विकास र पशु अस्पतालको ब्यबस्था गरिने छ । पशुजन्य ब्याबसायिक उत्पादनलाई जोड दिईने छ ।
– पशुबिमाको प्रीमियममा अनुदानको ब्यबस्था मिलाइने छ । सहकारी संस्थाहरु मार्फत दुग्ध संकलन केन्द्रहरुको स्थापना र स्तरोन्नति गरिने छ ।
– दुग्ध उत्पादक सहकारी संस्था मार्फत साना किसानहरुको आय वृद्धि गर्नका लागि सहुलियतपूर्ण कर्जाको ब्यबस्था गरिने छ ।
– पाँचखालमा एक व्यवस्थित पशुबधशाला नीजि क्षेत्रसंगको सहकार्यमा संन्चालन गरिने छ ।
– पाँचखाल नगरपालिकालाई दुग्ध र मासुजन्य पदार्थको महत्वपूर्ण निर्यातस्थलको रुपमा बिकास गर्न गाई, भैसि र कुखुरा पालन ब्यबसाय प्रर्बधनका लागि सघीय बिशेष योजना माफत कार्यक्रमहरु संचालन गरिने छन ।
सहकारी क्षेत्रको विकासः
– नगर क्षेत्रभित्र सहकारी संस्थाको दर्ता, खारेजी, प्रवद्र्धन तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यहरू कानूनद्धारा नियमन र व्यवस्थापन गरिनेछ ।
– उत्पादनमा सहभागि सहकारीहरुलाई प्रवद्र्धन गर्ने नीति लिइने छ
– कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, आवास, विद्युत, पर्यटन, बायोग्यास, उपभोक्ता, फोहोरमैला सङ्कलन तथा प्रशोधन, प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन गर्नेजस्ता सहकारीको स्थापना र सन्चालन कार्यलाई प्रोत्साहन गरिने छ ।
– बचत तथा ऋण सहकारीका माध्यमबाट उत्पादन मूलक क्षेत्रमा पुँजी परिचालन र वित्तीय पहँुच अभिवृद्धि कार्यमा जोड दिइने छ ।
पर्यटन पूर्वाधार विकास तथा प्रवद्र्धन ः
– पाँचखाल पर्यटन विकास गुरुयोजना तयार गरी धार्मिक पर्यटन, पर्यापर्यटन तथा कृषि पर्यटनको विकास गरिने छ ।
– पलान्चोक भगवती क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक केन्द्रको रुपमा विकास गरिने छ ।
– हरेक वडाहरुमा कम्तिमा एक पार्कको स्थापना र विकास गरिने छ ।
– वडा नं. ६ ठाँटीबाट महांकालस्थान जीपलाईन सञ्चालन गर्न नीजी क्षेत्रलाई आकर्षित गरिने छ ।
– दनुवार, तामाङ र पहरी जातिको कला संस्कृति झल्कने गरि सांस्कृतिक संग्रालय निर्माण गरिने छ ।
लघु–उद्योग एवं स्थानीय बजार व्यवस्थापनः
– आफ्नै घरपरिवारमा बसि स्वरोजगार हुन र आयआर्जन गर्न चाहाने समुदायहरुका लागि लघु उद्यम बिकास कार्यक्रम संन्चालन हुनेछ ।
– बिभिन्न मोडेलमा सिपमुलक तालिम प्रदान गरिने छ । तालिम प्राप्त ब्यक्तिहरुलाई ब्याबसाय गर्न पूँजिको अभाव भएमा मेयर उद्यमशीलता बिकास कार्यक्रम मार्फत पूँजि (ऋण) उपलब्ध गराइने छ ।
– लघुउद्यमबाट उत्पादित सामाग्री तथा स्थानीय उपजहरु बिक्री बितरणका लागि कोशेली घरको ब्यबस्था गरिने छ ।
– पाँचखाल नगरपालिकाको उपयूक्त क्षेत्रहरुमा औद्योगिक ग्रामको स्थापना र औद्योगिक पूर्वाधारको विकास गरिने छ ।
– लघु, साना एवं मझौला उद्योगहरूको स्थापना र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने छ ।
– स्थानीय रुपमा उत्पादन हुने कृषिजन्य वस्तुहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी सन्चालन गर्ने लघु उद्योगहरुलाई प्राथमिकतामा राखिने छ ।
– उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यहरू गरिने छ ।

‘नागरिक समृद्धीका लागि मेयर उद्यमशिलता बिकास कार्यक्रम’
– ब्यक्तिगत योग्यता क्षमता र ईच्छा शक्ति भएका तर सिप र पूजिँको अभावमा ब्याबसाय गर्न नसकेका ब्यक्ति÷परिवारहरुलाई ब्याबसायी बनाई नगरवासीको रोजगारी सृजना गरी आर्थिक बिकास गर्न मेयर उद्यमशील बिकास कार्याक्रम संचालन गरिने छ ।
– मेयर उद्यमशिल बिकास कार्यक्रम अन्र्तगत १% (एक प्रतिशत) ब्यााजदरमा पूंजी (ऋण) उपलब्ध हुने ब्यबस्था मिलाइने छ ।
– बैक÷बित्तीय संस्था मार्फत उपलब्धहुने यस्तो ऋण ब्यक्तिगत जमानिमा ५ लाख सम्म र धितो जमानिमा १५ लाख सम्म ५ बर्षै अबधिको हुनेछ ।
– यो कार्यक्रम मार्पmत बार्षिक न्युनतम पनि २०० परिवार लाभन्वित हुनेछन र ५ बर्षमा १००० परिवारले ब्याबसाय शुरु गर्नेछन ।
– यो कार्यक्रमको सहयोगबाट उत्पादन बृद्धी भई नगरपालिकालाई निर्यातयोग्य नगर बनाउन मद्दत पुग्ने छ ।
स्थानीय स्रोत–साधन तथा राजस्व परिचालनः
– करका दरहरुसलाई कम गर्दै करको दायरालाई बृद्धिगर्ने नीति अबलम्बन गरिने छ ।
– प्राकृतिक स्रोत, सामुदायिक तथा सरकारी बन, नदीनाला, खोलाखहरे, उर्वर जमीनको उचित उपयोग र खानी तथा खनिज पदार्थको उत्खनन्, संरक्षण एवं परिचालन सम्बन्धी नीति तथा कानुनी व्यवस्था र सोको कार्यान्वयनद्वारा स्रोत व्यवस्थापन गरिने छ ।
– विद्यमान ऐन कानूनद्वारा प्राप्त अधिकार अनुरूप स्थानीय कर, सेवा शुल्क तथा दस्तुर परिचालन एवं राजस्व छलीमा नियन्त्रण गरिने छ ।
– सूचना प्रविधिमा आधारित करदाताको विवरण तथा राजस्व सङ्कलन व्यवस्था, राजस्व परिचालनको दीर्घकालिन योजना तर्जुमा, कार्यान्वयन र मूल्यांकन प्रकृयालाई बलियो बनाइने छ ।

प्रकाशित मिति: २५ वैशाख २०७९, आइतवार १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु