१७ माघ २०७९, मंगलवार

एमाले बनाउदैछ सङगठन,विपक्षी बनाउदैछ गठबन्धन

काभ्रे तेमाल, । नेपाल कम्युनिस्ट पार्टी एमाले काभ्रेको तेमाल गाउँपालिका कमिटीका १-९ सम्मकै सबै वडा कमिटीहरु केही समय अघि नै बनिसकेको थियो।स्थानीय निर्वाचन नजिकै गर्दा एमालेहरु मसिना विधि बाट केलाउदै सङ्गठन अभियानमा लागेको थ्यो।
अभियानको क्रममा २०५४ सालको तत्कालीन गाबिसको जननिर्वाचित जनप्रतिनिधि तथा उम्मेदवार हरुलाइ सम्मानपत्र वितरण पनि गरियो।यो अभियानले वडा कमिटीको कार्यलय उद्घाटन,स्थापना,बैठक,भेलाहरु गर्दै साबिकको एउटा वडालाइ हालको टोल मानेर टोल कमिटीहरु बनाइ टोल कमिटीको समेत विस्तारित बैठक भेलाहरु बस्न सुरु गरिसकेको छ।जिल्ला,पालिका,वडाहरुमा नेकपा एमालेको विभिन्न भातृ संघसंगठन,जनवर्गीय संघसंगठनहरु अनेरास्ववियु,अनेम संघ,नेपाल उत्पीडित जातीय मुक्ति समाज,अखिल नेपाल किसान महासंघको कमिटीहरु बनिसकेको छ।जसको लागि सङगठन बिस्तारमा पुर्वमन्त्री,नेकपा एमालेको केन्द्रिय सदस्य तथा काभ्रे सह-इन्चार्ज रेशम लामा,बाग्मति प्रदेश सदस्य नोर्बु लामा,नरध्वज तामाङ,
काभ्रेको सचिवालय सदस्य इन्द्र तामाङ,काभ्रे सचिवालय सदस्य तेमाल इन्चार्ज जेनिस लामा,जिल्ला सदस्यहरु सत्यमान लामा,घनश्याम तामाङ,नरध्वज लामा,ज्ञानी लामा,कल्पना तामाङ,जिल्ला सल्लाहकार परिषद सदस्यहरु केशब खरेल,प्रधुन्न पान्डे लगायत पालिका अध्यक्ष इन्द्रमान तामाङका साथ पदाधिकारी र सचिवालय सदस्यहरु,पालिका सदस्यहरु वडा इन्चार्ज,सह इन्चार्जहरु,वडा अध्यक्षहरु लगायत सबै पदाधिकारीहरुले विभिन्न भुमिका खेल्नुभएको थ्यो।
जनादेशको सरकार हटाएर परमदेश जारी गरेर बनाएको सरकार र त्यहा सामेल दलहरु विभिन्न दलहरु कसरी गठबन्धन गरेर गरेर एमाले सङ्ग लड्ने भनेर दिनरात छलफल गर्दै गर्दा एमाले नेताहरु कसरी स्थानीय निर्वाचनमा एक्लैले बहुमत ल्याउने भनेर सङगठन बनाउदै छन।बिचार सिद्धान्त नै फरक भएर पनि माथिल्लो कमिटीले गठबन्धन गरेर चुनावमा सहभागी गराउदा खबरहरु बाहिरीदा अशली कार्यकर्ताहरु केही हदसम्म रुष्ट भएको पाइन्छ।जसको कारण तालमेलमा मत ठ्याक्कै यति जान्छ भनेर निर्णय गर्दा गलत साबित हुने देखिन्छ।
लेखक
सम्तेन लामा,पालिकाकमिटी सचिवालय सदस्य,अनेरास्ववियु तेमाल इन्चार्ज

प्रकाशित मिति: २१ चैत २०७८, सोमवार १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु