२० असोज २०८१, आइतवार

नेतृत्वको निम्ति नेता :सुन्दर लामा

  • नेपाली शब्द कोषको अनुसार नेता शब्दको अर्थ भनेको कुनै दल,संस्था ,समूह आदिलाई नेतृत्व दिने व्यक्ति भनेर चिनिन्छ। तर , नेता शब्द सुन्दा जति सजिलो सुनिन्छ नेता बन्न त्यत्ती नै गर्हो रहेको मेरो अनुभव छ। थुप्रै आलोचना र चुनौती हरुको सामना एउटा नेताले गर्नुपर्ने हुन्छ। यदि कुनै व्यक्तिले तपाईंलाई नेता मान्छ भने त्यो व्यक्ति ले तपाईं बाट थुप्रै कुराको आस गरेको हुन्छ। कुनै सङ्गठनको व्यक्तिले आफुलाई नेता मान्छ भने उसले आफुबाट सङ्गठन सुदृढीकरणको आस गरेको हुन्छ।मेरो व्यक्तिगत अनुभव भन्दा जब म काठमाडौं विश्वविद्यालयको स्ववियु सभापतिमा निर्बाचित भए म माथी थुप्रै बिद्यार्थीहरुको आस थियो कि मैले विद्यार्थीहरुको सम्पुर्ण समस्याहरु हल गरौं , प्रसासन सम्म बिद्यार्थीको पहुँच पुर्याउ र बिश्वबिद्धालय र यहाँका बिद्यार्थीको चौतर्फी बिकासका लागि सहयोग गरौं । म कत्तीको सफल वा असफल भए त्यस्को छिनोफानो मैले भन्दा बिश्वबिद्धालयका बिद्यार्थी आफैले महसुस गर्ने कुरा हो। मैले यो छोटो राजनैतिक दौरानमा असल नेता हुनु भनेको आफू जनता बाट चुनिनु मात्र नभई निर्बाचित भैसकेपछी पनि आफुलाई नेता मानेको व्यक्ति वा समुहको ढुकढुकिमा बसिरहनु हो भन्ने बुझेको छु। समाज निर्माणकालागि हजारौं जनताको एकमात्र आसा र भरोसा नेतामा हुन्छ।कसैले कुनै मञ्चमा गएर मिजासिला कुरा गरि कसैको मन जित्छ भने उ एउटा राम्रो बक्ता मात्र हो राम्रो नेता हैन। मञ्चमा बोलेका कुराहरु, आफुले अक्षरस पालना गर्ने व्यक्ति असली नेता हुन्छ। एउटा नेताले आफुले नेतृत्व गरेको समूह,समाज, सङ्गठन अथवा रास्ट्रको चौतर्फी बिकाशका निमित्त आफ्नो दृष्टिकोण प्रष्ट पार्न सक्नु पर्छ र आफ्नो दृष्टिकोणलाई परिपुर्ति गर्ने कामकारबाहीहरु गर्नु पर्दछ। नेता हुन थुप्रै संघर्ष र बलिदानको जरुरत भएको मैले बुझेको छु,आफ्नै चित्त दुखाएर अरुको चित्त बुझाउनु पर्ने बाध्यता एक नेतामा हुन्छ, जुन म स्वयम्ले धेरै पटक भोगेको छु। कुनै पनि चिजको नेतृत्व गर्दै नेता बन्दा आफ्नो घरपरिवारलाई समय निकाल्न नसक्नु, आफ्ना मान्छेलाई समय दिन नसक्ने पीडा एउटा नेताले बोकेर हिंडेको हुन्छ। हरेक प्रकारका समस्याको समाधान एक नेताले गर्ने सक्नुपर्ने हुन्छ। म सधै असलि र सच्चा नेता बन्ने प्रयासमा छु र हुनेछु ,जस्तोसुकै परिस्थितिमा पनि मलाई विश्वास गर्ने जामातको बिश्वासघात हुन दिने छैन।आजसम्म को मेरो लडाइँ बिश्वबिद्धालयको बिकासकालागि थियो भने अब मेरो लडाइँ रास्ट्रको समुन्नत बिकाशका लागि हुनेछ।
    लेखक : पूर्व अनेरास्ववियु का बि बि राष्ट्रिय कमिटीका अध्यक्ष हुनु हुन्छ ।

प्रकाशित मिति: २८ मंसिर २०७६, शनिवार १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु