काभ्रेका प्रहरीले फेरि सोध्यो, ‘तपाईंको मास्क खोइ ?’
काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ४, स्थित भकुण्डेचोकमा प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला ट्राफिक कार्यालय, काभ्रे र जिल्ला प्रहरी कार्यालय, काभ्रेको संयुक्त आयोजनामा यो कार्यक्रम सञ्चालन गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय, काभ्रेका प्रमुख इन्स्पेक्टर प्रमिला श्रेष्ठका अनुसार “६६ औ प्रहरी दिवस २०७८“ को अवसरमा “तपाईको मास्क खोई“ भन्ने कार्यक्रम सञ्चालन गरेको हो । आइतबार बिहान ०९ः०० देखि ११ः०० बजेको समयमा यो कार्यक्रम सञ्चालन गरेको थियो ।
प्रहरीले पैदलयात्रु र सवारी यात्रुलाई रोकेर मास्क वितरण गर्ने कार्य गरेका थियो ।
श्रोत: तेमाल अन्लाइन
प्रकाशित मिति: १७ असोज २०७८, आइतवार १६:५८ बजे








