मिटीट्रक र मोटरसाइकल ठोकिदाँ दुई जनाको मृत्यु
बनेपा । बनेपा नगरपालिका, १३ भैँसे पाटीमा सवारी दुर्घटना हुदाँ बाउ छाेराेकाे ज्यान गएको छ । आज विहान साढे ६ अरनिको राजमार्गमा मिनी ट्रक र मोटरसाइकल आसपासमा ठक्कर खाँदा मोटरसाइकल चालक उदयपुरको रौतमाई गाउँपालिका वडा नम्बर ४ का ३५ बर्षीय मिन बहादुर श्रेष्ठ र उहाँका ५ बर्षीय छोरा सुबिन श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
मोटरसाइकलमा सवार १९ बर्षीय सुनिता श्रेष्ठको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र बनेपा तर्फ आउँदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइल आपसमा ठोदिएका थिए ।
घटना लगत्तै पुगेको प्रहरीले घाइतेलाई शीर मेमोरियल अस्पताल पुर्याएको थियो । ट्रक चालक रामेछाप खाँडादेवि गाउँपालिका वडा नम्बर ७ का ३३ बर्षीय लक्ष्मिनारायण श्रेष्ठ र ललितपुर हात्तिवन बस्ने गाडी साउ गंगा तिमिल्सिनालाई प्रहरीले निन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: ९ चैत २०७६, आइतवार ०९:११ बजे










