१७ जेठ २०८३, शनिवार

धुलिखेलमा १२ औं सताब्दी पुरानो मन्दिर पुननिर्माण गर्दा त्यसभन्दा पुरानो ढुंगे धारा भेटियो

धुलिखेल । धुलिखेल नगरपालिकाको आर्थिक सहयोगमा १२ औं सताब्दी पुरानो उमामहेश्वर र तेत्तीस कोटि देवताको मन्दिर पुनः निर्माण को थालनी गर्दा उक्त उमामहेश्वर र तेत्तीस कोटि मन्दिर नजिकै जमिन खन्दा जमिन मुनी पुरानो ऐतिहासिक ढुंगे धारा भेटिएको छ ।

धुलिखेल नगरपालिकाको पुरानो बजारमा रहको उमामहेश्वर मन्दिर ऐतिहासिक रहेकोले उक्त मन्दिर संरक्षण सहित निर्माण गर्ने क्रममा मन्दिर रहेको स्थान नजिक खन्दा मन्दिर भन्दा पनि धेरै पुरानो हुन सक्ने ढुङ्गे धारा भेटिएको छ । धुलिखेल नगरपालिकाले उमामहेश्वर मन्दिर ऐतिहासिक रहेकोले उक्त मन्दिर सहित ढुङ्गे धारा समेत पुर्ण रुपमा उत्खनन् गरि कती सताब्दी पुरानो हो र ढुङ्गे धाराको सिला समेत खोजी संरक्षण गर्ने र उक्त मन्दिरको संरक्षण गर्ने धुलिखेल नगरपलिकाका प्रमुख अशोक कुमार व्यान्जुले बताउनु भएको छ ।

प्रकाशित मिति: १० असार २०७७, बुधवार २३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु