धुलिखेल नगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा थप ५ दिन बन्द
धुलिखेल । धुलिखेल नगरपालिकाबाट प्रवाह गर्ने अत्यावश्यक बाहेक सबै सेवा भाद्र ५ सम्म बन्द भनिएकोमा ज धुलिखेल नगरपालिका क्षेत्रभित्र तथा जिल्ला भरि कोरोनाको संक्रमितहरूको सङ्ख्या वृद्धि भई त्यसबाट उत्पन्न जोखिमलाई मध्यनजर गर्दै धुलिखेल नगरबाट प्रभाव हुने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु भाद्र १० सम्म बन्द गर्ने निर्णय गरेको छ ।
धुलिखेल नगरपालिका क्षेत्रमा देखिएका कोभिड १९ को संक्रमण नियन्त्रण गर्न नगरपालिकाले बृहत कन्ट्याक्ट ट्रेसिंग एवं नगरबासी तथा फ्रन्टलाइनमा खटिएका कर्मचारी, जनप्रतिनिधि, स्वयमसेवी, स्थानिय जनताहरु समेत गरि १ हजार जनाको स्वाब कलेक्सन गरी पिसिआर बिधिद्वारा परिक्षण गर्ने प्रकृया सुरु गरेको छ । धुलिखेल नगरपालिकाले आम नगरबासीमा उच्च मनोबल कायम राख्न तथा सचेत रहन अनुरोध सहित बिज्ञपति प्रकासित गरिएको हो ।
हाल नगरको क्वारेण्टीनमा ४२ जना, धुलिखेल आस्पतालमा आइसोलेसनमा ४० जना र जिल्ला भरी १०२ जनालाई कोरोना सन्क्रमित भएको छ भने दुई जनाको मृत्यु समेत भएको जानकारी गराएको छ ।
प्रकाशित मिति: ४ भदौ २०७७, बिहीवार १६:३७ बजे











