१५ वैशाख २०८३, सोमवार

थप ७०७ जना सङ्क्रमित थपिए , कुल २९ हजार ६४५

काठमाडौँ । कोरोना भाइरसका सातसय सातजना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९२ महिला र ५१५ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू एघार हजार ५५५ रहेका छन् । क्वारेन्टिनमा ११ हजार ७६८ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ८३२ पीसीआर परीक्षणमा भएकाे थियाे ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २९ हजार ६४५ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । बिहीबार देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २६४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ७६८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

संस्थागत अाइसाेलेसनमा ८ हजार ८३ र हाेम अाइसाेलेसनमा ३ हजार ७७३ रहेका छन् ।

थप छ जनाकाे मृत्यु, कुल १२६

कोरोना भाइरसका कारण बिहीबार थप छजनाको मृत्यु भएको छ । दुई महिला र चार पुरुषको मृत्यु भएको हो । काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक एक पुरुष र पर्सा जिल्लामा एक महिला र दुई पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँग नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एकसय २६ पुगेको छ ।

प्रकाशित मिति: ४ भदौ २०७७, बिहीवार १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु