२८ वैशाख २०८३, आइतवार

काभ्रेमा थप ५६ कोरोना संक्रमित थपिए

बनेपा । काभ्रेको भुकुण्डेमा रहेको नेपाली सेनाको २६ नम्बर बाहिनी अड्डामा कार्यरत १८ जना सैनिकसहित काभ्रेमा एकै दिन ५६ नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार मंगलबार भकुण्डेमा रहेको २६ नम्बर बाहिनी अड्डामा कार्यरत १५ पुरुष र तीन महिला गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यालयका अनुसार मंगलबार काभ्रेको धुलिखेल नगरपालिकाबाट १२ महिला र पाँच पुरुष गरी १७ जना, पनौती नगरपालिकाबाट एक जना पुरुष र एक जना महिला गरी दुई जना, पाँचखाल नगरपालिकाबाट दुई पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मण्डनदेउपुर नगरपालिकाबाट एक पुरुष, भुम्ल्ु गाउँपालिकाबाट एक पुरुष र बनेपा नगरपालिकाबाट १० जना पुरुष र पाँच महिला गरी कुल १५ जना नयाँ संक्रमित थपिएका हुन् । कार्यालयका अनुसार कोरोना संक्रमितमध्ये मंगलबार ६९ जना निको भई घर फर्केका छन् । काभ्रेमा हालसम्म ५३२ पुरुष र २९३ गरी संक्रमितको संख्या ८२४ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५२४ जना कोरोना निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति: २० असोज २०७७, मंगलवार २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु