कोरोना संक्रमितहरुलाई भेदभाव होईन मायाँ बाँडौं : नगर प्रमुख अशोक व्याञ्जु
धुलिखेलमा रहेका कोरोनाका संक्रिमितलाई आयुर्वेदिक औषधी वितरण
धुलिखेल । धुलिखेल नगरपालिकाले कोरोना भाइरस (कोभिड १९ ) संक्रमितहरुलाई भेदभाव होईन मायाँ बाँडौं अभिनय संचालन गरेको छ । धुलिखेल नगरपालिकाको होम आइसोलेसनमा रहेका कोरोना भाइरस (कोभिड १९ ) संक्रमितहरुलाई घर घरमा जिल्ला आयुर्वेद कार्यालय बनेपाको समन्वयमा रोगप्रतिरोधी औषधि नगर प्रमुख अशोक ब्याञ्जुले वितरण गर्नुभएको छ । उक्त कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले कोरोना संक्रमितलाई भेदभाव होईन मायाँ बाँडौं भन्ने कुरा बताउनु भयो ।
धुलिखेल नगरपालिकाको आयोजना तथा जिल्ला आयुर्वेदिक औषधालय बनेपाको समन्वयमा धुलिखेल नगरपालिकाले वडा नं ५, ६ र ७ का १० जना संक्रिय संक्रिमितलाई घर–घरमा गएर औषधी वितरण गरेको हो ।
हाल धुलिखेल नगरपालिकामा ७० जना संक्रिय संक्रमित रहेका छन् । होम आईसोलेसनमा बसेका सबै संक्रिय संक्रमितलाई औषधी वितरण गरिने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सन्दिप के.सीले जानकारी दिनुभयो ।
प
प्रकाशित मिति: १७ मंसिर २०७७, बुधवार १९:४२ बजे











