राष्ट्रियसभाको अधिवेशन पुस १७ गते आह्वान
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते शुक्रबार ४ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हाे। गोरखापत्र अनलाइनबाट
प्रकाशित मिति: १२ पुस २०७७, आइतवार २१:३६ बजे











