राष्ट्रियताको पक्षमा लाग्नेहरु एक हुनुपर्छ : अशोक व्याञ्जु
धुलिखेल । नेकपा धुलिखेल नगरपालिका वडा ५ र वडा ९ नम्बर कमिटीको वडा भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा काभ्रे जिल्लाको अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य अशोक व्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
नेकपा धुलिखेल ५ को अधिवेशन आयोजक कमिटी सप्तलाल श्रेष्ठको नेतृत्वमा गठन भएको छ त्यसतै नेकपा धुलिखेल ९ को अधिवेशन आयोजक कमिटी उमेश रानाभाटको नेतृत्वमा गठन भएको छ ।
नेकपा धुलिखेलको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा प्रवेश गरेका थिए ।
उक्त कार्यक्रममा नेकपाको विभिन्न जनवर्गीय संगठन कमिटी पनि गठन भएको छ । अबको निर्वाचनमा राष्ट्रियताको पक्षमा वकालत गर्नेहरु एक हुन्छन् र राष्ट्रियता बिरोध गर्नेहरुको पराजित हुनेछ भन्ने कुरा उक्त कार्यक्रममा बोल्दै नेकपा काभ्रेको अध्यक्ष अशोक व्याञ्जुले बताउनुभयो ।
नेकपा धुलिखेलको कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष तथा धुलिखेल नगरपालिकाको नगरप्रमुख अशोक व्याञ्जुले आफ्नो धारणा राख्दै धुलिखेलको समग्र विकासमा अहिलेको नेकपा नै सारथी रहेको र प्रधानमन्त्रीकोअहिलेको कदम संबिधान सम्वत भएको कुरालाई जोड दिनुभयो ।
उक्त कार्यक्रममा नेकपाको प्रदेश कमिटीको सदस्य तथा जिल्ला सदस्यहरुले आफ्नो धारणा राख्नुभएको थियो ।





प्रकाशित मिति: ९ फागुन २०७७, आइतवार ०८:०२ बजे











