२२ वैशाख २०८३, सोमवार

घोषणा गरेर प्रजातान्त्रिक ढङ्गले मैदानमा उत्रने आट गर ,तिम्रा कायरकर्मले हामि डगमगाउने छैनौं : नेकपा नेता अशोक ब्याञ्जु

काभ्रे ‌। नेकपाका प्रभावशाली नेता नेकपा केन्द्रीय सदस्य तथा काभ्रेका अध्यक्ष , धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जुले आइतबार काभ्रेको चौरिदेउराली गाउँपालिकामा नेकपाका नेता बसेको घरमा र नेताहरु चढेको गाडी माथि गरेको आतंककारी शैलीको आक्रमणको बिरोध एवम् भत्सर्ना गर्नुभएको छ।

उहाँले ” खेद छ कायरहरु…..घोषणा गरेर लड लुकेर कायरता नदेखाउ भन्दै मानिसको बुद्धि र बिबेक अन्त भए पछि मुख छाड्छ्न र शक्तिहिन भए पछि हातपात गर्छ्न भनुभएको छ।

थप प्रसङ्ग जोडदै उहाँले कायरहरु घोषणा गरेर भिडने तागत छैन बिधि र बिचार देखि डराएर लुकेर आक्रमण गरेर कायरकर्म नगरन सुझाव समेत दिनुभएको छ।

आफ्नो संघसंगठनका कार्यकर्ता माथिको हमला र भौतिकबस्तुको नास गरेकोमा खेद प्रकट गर्दै उहाँले कायर्तापुर्ण कदमको भत्सर्ना गर्छु र मेरा प्रिय् कमरेड हरुलाई धैर्य बनाइ राख्न र शक्ति निर्माण गर्न अपिल गर्दछु भन्दै स्थानीय प्रशसन लाई साङ्घातिक ,अतिरञ्जना पुर्ण घटना घटाउने लाई कानुनी कर्वाही गर्न अनुरोध समेत गर्नुभएको छ।

उहाँले उक्त आक्रमण गैर प्रजातान्त्रिक र अतिरञ्जना पुर्ण रहेको तर उक्त हमला बाट अलिकति पनि नडगमगाइ नेपालि जनताको उन्नति र प्रगतिका निमित्त शान्तिपूर्ण ढङ्गबाट आफ्नो संगठनले चुनावमा भाग लिने र” शुखि नेपालि र समृद्ध नेपाल” अभियान साकार पार्ने उहाले बताउनु भयो।
काभ्रेमा संम्सद विघटन पस्चात प्रचण्ड -माधव समुहका कार्यकर्ताले गैर प्रजातान्त्रिक हर्कत देखाउन थालेका छ्न।
आफ्ना विपक्षको भौतिक रूपमा सफाय गर्ने गुरिला रणनीति बोकेको काभ्रेका प्रचण्ड -माधव समूहले आइतबार सङ्गठन बिस्तारको क्रममा चौरिदेउरालि गाउँपालिका पुगेका ओलि समर्थक नेकपाका नेताहरु बसेको घरमा र चढेको गाडीमा बाइकमा गएर आतंककारी शैलीमा तोडफोड गरेको छ्न ।
उक्त हमलाबाट गाडी पुर्ण रूपमा क्षति ग्रस्त भएको छ ।

आउदो निर्वाचनमा आफ्नो हार निश्चित भएपछि चुनाव हुन नदिन केहि दिन देखि यता देशका विभिन्न भागहरुमा मार्चण्ड समूहले साङ्घातिक आक्रमण गराएर जनतालाई तर्साउनु थालेको छ र काभ्रेको चौरिदेउरालिमा भएको उक्त आक्रमणपनि सोही चुनाव हुन नदिने अराजक रणनीतिको उपज हो।

आउँदो चुनाबमा जमानत नजोगिने भएपछि अत्तालियका आक्रमणकारीहरू साङ्घातिक आक्रमण गरेका हुन र आक्रमणकारीले अपराधको दण्ड पाउनु पर्छ र कानूनी दायराबाट भाग्न पाउने छैनन भनेर काभ्रेलि जनतालाई बिश्वास समेत उहाँले दिलाउनु भएको छ।
https://www.facebook.com/1577305082/posts/10222246243496486/

प्रकाशित मिति: १० फागुन २०७७, सोमवार ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु