९ असार २०८३, सोमवार

नेकपा एमाले निकट अनेरास्ववियु काठमाडौँ विश्वविद्यालयको कमिटीहरु गठन

काभ्रे । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको काठमाडौँ विश्वविद्यालयका कमिटीहरु गठन भएका छन् ।

अनेरास्ववियुको काठमाडौँ विश्वविद्यालयको विद्यार्थीहरु हक अधिकार सुनिश्चित गराउने उद्देश्यले स्थापना गरिएको संगठन हो । काठमाडौँ विश्वविद्यालयको विद्यार्थीहरु हरेक समस्यामा अगाडी रहेको अनेरास्ववियुको विश्वविद्यालय राष्ट्रिय कमिटी प्रगति गैरे संयोजकत्वमा गठन भएको छ । साथै साथै अनेरास्ववियुको विश्वविद्यालय जिल्ला कमिटी सन्देश बेल्बासेको संयोजकत्वमा गठन भएको छ । साथै काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटी सुदिन अधिकारीको संयोजकत्वमा गठन भएको जानकारी अनेरास्ववियुको केन्द्रीय सदस्य सुन्दर लामाले दिए । अब गठन भएको कमिटीले विश्वविद्यालयका विद्यार्थीको हितमा कामहरु गर्ने जानकारी दिए ।

प्रकाशित मिति: २४ चैत २०७७, मंगलवार १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु