१२ असार २०८३, बिहीवार

काभ्रे जिल्ला लिगको दोस्रो राउन्डको फाइनलमा आकाश भैरव क्लब

धुलिखेल । काभ्रे जिल्लाको ‘काभ्रे जिल्ला लिग–२०७७’को दोस्रो राउन्डको फाइनलमा आकाश भैरव क्लब धुलिखेलको प्रबेश गरेको छ ।

काभ्रे जिल्लाको धुलिखेलमा रहेको धुलिखेल सामुदायिक खेलमैदानमा २०७७ चैत १७ देखि संचालन भैरहेको ‘काभ्रे जिल्ला लिग–२०७७’ को पहिलो राउन्डको खेलमा बनेपा फुटबल क्लबले जितेको थियो । प्रतियोगिताको पहिलो र दोस्रो राउन्डको खेलमा जिल्ला भरिका १४ वटा क्लबले भाग लिएका थिए । पहिलो र दोस्रो चरणको गरेर ३० वटा खेल हुने छ ।

आज भएको सेमीफाइनलमा खेलमा माउन्ट एभरेष्ट फुटबल क्लबलाई १-० ले पराजित गर्दै आकाश भैरव क्लबले फाइनल खेलमा आफ्नो ठाउँ सुरक्षित राख्न सफल भएको । आकाश भैरव क्लबले अघिल्लो पटकको डिफेन्डिङ च्याम्पियन हो । प्रतियोगितामा विजय भएका टिमले शिल्ड, मेटल, प्रमाणपत्र र नगद पुरस्कार पाउनेछ । जिल्ला फुटबल सङ्घ, काभ्रेले यो वर्ष देखि क्लबहरूलाई एक खेल जिते बापत म्याच मनी समेत व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: २९ चैत २०७७, आइतवार २२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु