मृगौला रोगबाट बच्ने उपाए
स्वास्थ्य
सन्दीप के.सी.
स्वास्थ्य शाखा प्रमुख, धुलिखेल नगरपालिका
पेटको पछाडि ढाडको दुवैतिर रहेका सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो महत्वपूर्ण अंग हो । यसले एक दिनमा सामान्यतया दुई सय लिटर रगत छान्दछ र त्यसबाट उत्पन्न शरीरका विकार तत्वलाई पिसाबको रूपमा बाहिर फाल्दछ । यसका अतिरिक्त शरीरमा रक्तचाप नियन्त्रण गर्न यसले मद्दत गर्दछ ।
मृगौलाको संक्रमण कुनै पनि उमेर समूहका मानिसलाई हुन सक्छ । मृगौला रोग र पिसाबको संक्रमण आपसमा सम्बन्धित रहेको देखिन्छ । विशेषगरी महिलाहरु यसबा बढी प्रभावित हुन्छन । किनभने, महिलाको दिसा गर्ने अंग र युरेथ्रा नजिकै हुन्छ र कारक तत्व सजिलै मुत्रमार्गमा प्रवेश गर्ने सम्भावना रहन्छ । अझ यौनका हिसाबले बढी सक्रिय हुने उमेरका युवतीहरु बढी जोखिममा हुन्छन । त्यसैगरी धेरै मात्रामा एन्टिदायोटीक र दुखाइ कम गर्ने औषधिहरू सेवन , लामोसमय सम्म भाइरसको संक्रमण हुनु दिर्घ रोगहरु मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा नहुनु आदि कारणले समेत मृगौला रोग लाग्न सक्दछ ।
मृगौलाको रोग भनेको लक्षण नै नदेखि हुन सक्ने समस्या पनि हो । लक्षण देखिने अवस्थामा उच्च ज्वरो आउने, कम्पन हुने र पछाडि या साइडमा पीडा हुने हुन्छ । मृगौला रोगको लक्षणहरूमा पिसाब गर्दा पीडा हुने र पोल्ने, गन्हाउने या बाक्लो पिसाब हुने, पिसाब रगत देखिने, सामान्यतया शरीर सुनिने, पिसाब रातो हुने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने,खाना रुचि कम हुने, वाकवाक लाग्ने हुन्छ । त्यस्तै गरी शरीरमा रगत कम भएर शरीर सेतो हुने , शरीरको छाला गाढा कालो भएर जाने , सास फेर्न गाह्रो हुने, छाती दुख्ने, मानिस बेहोससम्म हुने हुन सक्छ । कहिलेकाहीँ सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मृगौलासम्बन्धी रोग पनि हुन सक्छ ।
मृगौला रोगबा बच्नको लागि नियमित परीक्षण गरी रक्तचाप र मधुमेहको समयमै यपचार तथा नियन्त्रण गर्नु पर्दछ । तरल पदार्थ बढीभन्दा बढी पिउने, सादा पानी पिउनु सबैभन्दा राम्रो हुन्छ, पिसाब लाग्नेबित्तिकै पिसाब गरिहाल्नुपर्छ, धेरैबेर रोक्नुहुन्न, यौन सम्पर्कपछि पिसाब गर्नुपर्छ, दिसा गरेपछि अगाडिबा पनि पछाडिकै हिसाबले सफा गर्नुपर्छ, हरेक दिन यौनाङ्ग धुनुपर्छ, सम्भव भएसम्म यौनसम्पर्क अगाडि यौनाङ्ग सफा गर्नुपर्छ । स्वस्थ व्यक्तिहरूले पनि कम्तीमा वर्षको एक पक स्वास्थ्य परीक्षण गराई रगत पिसाबको जाँच गराउनु पर्दछ । प्रशस्त मात्रामा पानी पिउने र जथाभावी औषधि सेवन नगरी चिकित्सकको सल्लाहमा मात्र एन्टीबायोकि औषधिहरु सेवन गर्नुं पर्दछ ।
प्रकाशित मिति: २१ भदौ २०७८, सोमवार १९:०८ बजे











