काँग्रेस अधिवेशन सक्के लगत्तै एमालेमा प्रवेश
धुलिखेल । धुलिखेल वडा २ रबिओपिका उप सभापति र क्षेत्रीय प्रतिनिधिले कांग्रेस पार्टी परित्याग गरि सोमवार नेकपा एमालेमा प्रवेश गरेको छ ।

एमालेले गरेको पार्टी प्रबेश कार्यक्रममा कांग्रेसका उप सभापति उधब घोरसाइने, क्षेत्रीय प्रतिनिधि त्रिलोचन चौलागाईं र आशाकाजी तामाङ लगायतका युवाहरु नेकपा एमालेमा प्रवेश गरेको हो ।


धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु र उप-मेयर बिमला शर्माले टिका र खाता लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।


प्रकाशित मिति: ११ असोज २०७८, सोमवार १५:५१ बजे











