जिल्ला प्रहरी काभ्रेको “जेष्ठ नागरिकहरुसँग शुभकामना आदान प्रदान कार्यक्रम”
काभ्रे, धुलिखेल । २२ आश्विन, २०७८
काठमाण्डौ मिनभवन स्थित अग्रज सेवा समाज संस्थाका १३० जना जेष्ठ नागरिकहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रे द्वारा काभ्रेपलाञ्चोक जिल्लाको पलाञ्चोक भगवती माईको दर्शन गराई उक्त जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष महा प्रसाद पराजुली ज्यू लगाएतका भ्रमणमा सहभागी सम्पूर्णलाई धुलिखेल नगरपालिकाको सभाहलमा जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रीमान प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको सभा अध्यक्षतामा आयोजित एक बिशेष कार्यक्रममा हिन्दुहरुको महान चाड वडा दशै तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान एवं फलफुल बितरण कार्यक्रम सम्पन्न भएको छ |


प्रकाशित मिति: २२ असोज २०७८, शुक्रवार १८:५४ बजे











