१४ वैशाख २०८३, आइतवार

धुलिखेल नगरपालिकामा स्वच्छ उर्जा प्रवर्द्धन र खाद्य हरियाली शहर कार्यक्रम सञ्चालन

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाले सुरु गरेको स्वस्थ शहर अभियान सफल बनाउन बिभिन्न क्षेत्र मार्फत सहयोग पुग्ने गरी थप कार्यक्रमहरु अगाडि बढाएको छ ।

धुलिखेलले लिएको स्वच्छ र स्वस्थ शहरको अभियान पुरा गर्न बिभिन्न संस्थाहरु सैग सहकार्य गर्ने क्रममा आज नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिका विच ” खाद्य हरियाली शहर कार्यक्रम” सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न गरेको छ सो कार्यक्रमले शहरीकरणका कारण उत्पन्न हुने वातावरण तथा स्वास्थ्यका समस्या समाधान गर्न बैज्ञानिक तवरबाट कार्य गर्ने, युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगो स्वच्छ सफा र सुन्दर शहर निर्माण गर्ने औषधिजन्य विरुवा, च्याउ तथा फलफुलको बैज्ञानिक तवरबाट उत्पादन प्रशोधन, भण्डारण र बजारीकरण लगायतका कामहरु गर्नेछ । साथै जडिबुटीको उत्पादन प्रयोग तथा अनुसन्धान समेत यस कार्यक्रममा समावेश गरिने (नाष्ट)का उप कुलपति डा.सुनिल बाबु श्रेष्ठले जानकारी दिनु भयो ।

सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख अशोक ब्यान्जु तथा (नाष्ट) का तर्फबाट उप कुलपति डा.सुनिल बाबु श्रेष्ठ ले हस्ताक्षर गर्नुभएको थियो | नगर उप प्रमुख बिमला शर्माले समेत सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ वटा सहर मध्ये धुलिखेल पाँचौँ नम्बर र एसियाको पहिलो शहर बनेको थियो। जस्ले स्वस्थ शहर धुलिखेल बन्न एउटा प्रमुख आधार ‍तय गरेको छ। त्यसैगरी आजै धुलिखेल नगरपालिकाद्वारा स्वच्छ उर्जा प्रवर्द्धन र विधुतीय सामग्रीको प्रयोग गरि कार्वन उत्सर्जनलाई शुन्य बनाउनका लागि प्रोत्साहन गर्न इन्डक्सन चुलो वितरण गरिंएको छ जस्ले नसर्ने रोग तथा दम लगाएत निमोनिया रोग नियन्त्रण तथा स्वासप्रस्वास सम्वन्धि रोगहरु नियन्त्रणमा सघाउ पुग्ने स्वास्थ्य शाखाले जनाएको छ।

प्रकाशित मिति: २४ असोज २०७८, आइतवार २२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु