१८ वैशाख २०८३, बिहीवार

दशैं खाना अनि स्वास्थ्य

स्वास्थ्यलाई ख्याल गरौं

सन्दीप के.सी.

स्वास्थ्य शाखा प्रमुख

धुलिखेल नगरपालिका

 

असन्तुलित खानेकुराले धेरै रोग निम्त्याउँछ। सन्तुलन मिलाएर सेवन गरेमा धेरै रोगबाट बच्न सकिन्छ। दशैंको समयमा मासुका विभिन्न परिकारसँगै मसलेदार र अत्यधिक चिल्लो खानेकुरामा बढि जोड दिने गरिएको छ । दशैं भन्नासाथ विभिन्न परिकारका खानेकुरा जोडिएर आउँछन् । खानपान मानव जीवनको एउटा अभिन्न अंग र अत्यन्त सम्बेदनशिल कुरा पनि हो । अत्यधिक चिल्लो पदार्थ भएका खानेकुराको सेवन पनि रोगको प्रमुख कारक तत्व हो । दशैमा प्रयोग हुने पेय पदार्थ तथा मासु र चिल्लोले सुगर तथा कोलस्ट्रोल बढ्ने सम्भावना अधिक हुन्छ ।विशेष गरो ४० बर्ष नाघेका मानिसले बढि होशियार रहनु पर्दछ।

दशैंमा अधिकांश नेपालीहरुले खानपान चाडपर्वका बेला मसालेदार र चिल्लोमा जोड दिदा दिर्घरोगको समस्या निम्तिने खतरा देखिन्छ। खानपानका होसियारि नअपनाउँदा स्वास्थ्य समस्या लिएर अस्पताल जाने बिरामीको संख्या ह्वात्तै बढ्छ। दशैंका बेला खानपानमा लापरवाहि गर्दा यूरिक एसिड, उच्च रक्तचाप, मुटु, ग्यास्ट्रिक, पेटजन्य समस्या, झाडापखाला, फूड प्वाइजिनिङ्ग लगायतका स्वास्थ्य समस्या लिएर अस्पताल जाने बिरामीको संख्या बढ्ने गरेको छ। दशैंजस्ता चाडपर्वमा मासुजन्य परिकार र अत्याधिक चिल्लो खानेकुरा, मदिरा, अखाद्य पदार्थ मिसाइएका विभिन्न प्रकारका मिठाईका परिकारको सेवनले स्वास्थ्यमा समस्या निम्त्याउँछ । खानामा ध्यान नदिएका कारण चाडपर्व नै रोग निम्त्यिाउने समय बन्ने गरेको पाईन्छ ।
चाडपर्वका नाममा भोजभतेर गरेर जाँड रक्सीजस्ता असन्तुलित खाद्यपदार्थको सेवन गर्नाले स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ । चाडपर्वका नाममा खाईने पोलेको र भुटेको मासु स्वास्थ्यका लागि हानिकारक हुनुका साथै यसले क्यान्सर रोग निम्त्याउने खतरा समेत रहेको छ।

स्वास्थ्यका लागि शाकाहारी भोजन गर्नु उत्तम मानिन्छ । माछा, मासुमा मात्र जोड दिनु भन्दा हरीया साग सब्जी, सलाद, फलफुल जस्ता सन्तुलित भोजनमा पनि जोडदिए स्वास्थ्यका लागि राम्रो हुन्छ। चिकित्सकहरु निश्चित परिमाणको सेतो मासु सेवन गर्न सल्लाह दिन्छन ।

सेतो मासु प्रोटिनका लागि उत्तम र रातो मासुको तुलनामा चिल्लो पदार्थ पनि कम रहेको हुन्छ । कोलेस्ट्रोलको समस्या भएका व्यक्तिले रातो मासुभन्दा छाला नभएको सेतो मासु कम तेलको प्रयोग गरी थोरै मात्रामा पकाउने वा उसिनेको मासु सेवन गर्न सकिन्छ । स्वास्थ्यका लागि शाकाहारी भोजन गर्नु उत्तम मानिन्छ । माछा, मासुमा मात्र जोड दिनुभन्दा हरीया साग सब्जी, सलाद, फलफुल जस्ता सन्तुलित भोजनमा पनि जोडदिए स्वास्थ्यका लागि राम्रो हुन्छ। चिकित्सकहरु निश्चित परिमाणको सेतो मासु सेवन गर्न सुझाउँछन् । दशैमा मासुसँगै सागसब्जी, फलफुल तथा रेसादार खानेकुरा खाएमा पाचन प्रणालीमा हुने क्यान्सर कम गर्न सकिन्छ ।

मासुका परिकार मध्ये सबैभन्दा हानिकारक पोलेको र भुटेका मासु हो। सेकुवा बनाउँदा आगोमा सेकाइने मासु र आगोको बीचमा अँगार बन्छ । सेकुवा पकाउनका लागि कालो नै बनाउनु पर्ने भएकाले यसले क्यान्सर निम्त्याउँछ । मासु डढेर अँगार बन्छ । क्यान्सर रोग विशेषज्ञहरु मासुमा नाइटोसमिन भन्ने रसायन उत्पन्न हुने र उक्त रसायनले पाचन प्रणालीमा क्यान्सर गराउने बताउँछन् । तारेको र भुटेको मासुमा धेरै चिल्लो हुने भएकाले अल्सर हुने संभावन पनि धेरै हुन्छ । रातो मासु (खसी, बोका, राँगा)मा प्रोटिनका साथै फ्याटी एसिड पनि प्रशस्त हुन्छ । त्यसैले रातो मासुभन्दा सेतो मासु (कुखुरा, हाँस) सेवन गर्नु उचित हुन्छ ।

दशैमा भान्सामा विभिन्न प्रकारका चिल्ला खानेकुरा नै तयार भइरहेका हुन्छन् । यस्तै, मीठाई तथा मरमसला बनाउदा तेल वा घ्युलाई धेरै पटक तताएर पटक–पटक प्रयोग गर्ने गरिएको छ । धेरै पटक तताउँदा त्यसमा हुने ट्रान्सफ्याट निस्कन्छ । भुटेको र तारेको मासुले ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढी हुने चिकित्सकहरु बताउँछन् । चाडपर्वका बेला भान्सामा सकेसम्म मासु र चिल्लो पदार्थको प्रयोग कम गर्न सुझाव दिन्छन् ।स्वस्थ व्यक्तिले पनि थोरै परिमाणमा मात्रामा रातो मासुको सेवन गर्न सक्छन् । मासु प्रोटिनको राम्रो स्रोत हो तर मासुमा कोलेस्ट्रोल, ट्राइग्लीसेराइड र चिल्लो पदार्थ अत्याधिक मात्रामा पाइने भएकाले सन्तुलित रुपमा प्रयोग देखिन्छ ।

मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मस्तिष्क रोग, मृर्गौला रोग, मोटोपनको समस्याबाट पिडित भएका व्यक्तिले मात्र नभई स्वस्थ मानिसले पनि आफूले खाने खानाको गुण र अवगुणमा ध्यान दिनु जरुरी हुन्छ । स्वस्थ मानिसमा समेतसमेत हानीकारक मासुले कोलेस्ट्रोल, उच्च रक्तचाप, यूरिक एसिड, मुटुरोग, बाथरोगका जस्ता समस्या निम्त्याउन सक्छ । रातो मासुमा प्रशस्त सेचुरेटेड फ्याट हुने भएकोले उच्च कोलेस्ट्रोलका बिरामीले कहिल्यै पनि रातो मासु खानु हुँदैन ।चाडपर्वको समयमा मासुको सेवनले बालबालिका तथा बृद्ध उमेर समूहका मानिसमा फाइदा भन्दा धेरै बेफाईदा गर्छ । दशैमा खानपान गर्दा मिर्गौलाका बिरामीले पनि विशेष ध्यान दिनुपर्छ । मिर्गौलाका बिरामीले नुनको मात्रा कम नगर्दा उच्चरक्तचापको समस्या पनि निम्तिन सक्छ। मिर्गौलाबाट पिडीत बिरामीले उच्च प्रोटीन र पोटासियमको मात्रा कम गर्नुपर्छ।

प्रकाशित मिति: २५ असोज २०७८, सोमवार १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु