१६ वैशाख २०८३, मंगलवार

एमालेको १० औं महाधिवेशन चितवनमा हुने

काठमाडौँ । नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १०-१२ गतेसम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।
महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेललगायत छन् । समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक/एक जना प्रतिनिधि रहने ज्ञवालीले बताए ।

प्रकाशित मिति: ४ कात्तिक २०७८, बिहीवार २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु