८ असार २०८३, आइतवार

काभ्रे बन्यो बाग्मती प्रदेशमा एमालेको सबैभन्दा बढि संगठित सदस्य भएको जिल्ला

बाग्मती प्रदेशमा १ लाख ६४ हजार नाघ्यो एमालेका संगठित

काभ्रेपलाञ्चोक । नेकपा एमाले बाग्मती प्रदेशमा डेढ लाख भन्दा बढी संगठित सदस्य पुगेका छन् । आगामी दशौं महाधिवेशनमा प्रतिनिधि छनौटको दिन कात्तिक २७ नजिक आइरहँदा एमाले बाग्मतीले १३ ओटै जिल्लाको संगठित सदस्यको बिवरण तयार पार्दा १ लाख ६४ हजार २ सय ३० जना पुगेका हुन् ।

एमाले बाग्मती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलले काठमाडौंको संगठित सदस्यको बिवरण केही बढ्न सक्ने भएकोले यो संख्यामा केही थपिने जानकारी दिनुभयो । काठमाडौं जिल्ला कमिटीले आज पनि सदस्यता नविकरणको काम भइरहेकोले प्रदेश कार्यालयमा केही संख्या थपिने जानकारी गराएको र कात्तिक २७ गते बिहानसम्म सवै टुंगो लाग्ने प्रदेश कमिटीले जनाएको छ । बाग्मती अध्यक्ष पोखरेलले दिनुभएको जानकारीअनुसार १३ जिल्लामध्ये काभ्रेपलाञ्चोकमा सवैभन्दा बढी र रसुवामा सवैभन्दा कम संगठित सदस्य रहेका छन् । एमालेका प्रभावशाली केन्द्रीय सदस्य पूर्वमन्त्री गोकुल बाँस्कोटाको जिल्ला काभ्रेमा फुटको असर नरहेको एमाले काभ्रे अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो । सिन्धुली काभ्रेपछि दोस्रो नम्बरमा देखिएको छ ।

एमाले बाग्मती प्रदेश कार्यालयका अनुसार काभ्रेमा २२ हजार ५५ जना संगठित सदस्य रहेका छन् भने रसुवामा १८ सय ३६ जना संगठित सदस्य पुगेका छन्। यस्तै काठमाडौंमा २० हजार १ सय, ललितपुरमा ८ हजार ६ सय ५, भक्तपुरमा ५ हजार २ सय ८९ जना संगठित सदस्य रहेका छन । यसैगरी मकवानपुरमा ९ हजार २ सय ५८, चितवनमा १५ हजार ८ सय ११, धादिङमा १२ हजार २ सय ४९, नुवाकोटमा ८ हजार ९ सय २६ जना संगठित सदस्य पुगेको प्रदेश अध्यक्ष पोखरेलले बताउनु भयो । यस्तै दोलखामा १२ हजार १ सय ५७, सिन्धुपाल्चोकमा १५ हजार २५, रामेछापमा १२ हजार ६ सय ६२ र सिन्धुलीमा २० हजार २ सय ५७ जना संगठित सदस्य पुगेका छन् ।

यस्तो छ १३ जिल्लाको संगठित सदस्य
१. काठमाडौं– २०,१००
२. ललितपुर– ८६०५
३. भक्तपुर– ५२८९
४. मकवानपुर– ९२५८
५. चितवन– १५८११
६. धादिङ– १२२४९
७. रसुवा–१८३६
८. नुवाकोट–८९२६
९. काभ्रेपलाञ्चोक–२२०५५
१०. सिन्धुपाल्चोक– १५०२५
११. दोलखा– १२१५७
१२. रामेछाप– १२६६२
१३. सिन्धुली– २०२५७
जम्मा–१६४२३०

प्रकाशित मिति: २४ कात्तिक २०७८, बुधवार १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु