एमाले काभ्रे जिल्ला अधिवेशन, सभामुखलाई पाप लाग्छ’ : अध्यक्ष ओली
काभ्रे । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटालाई एमाले नेताहरू बलराम सापकोटा, केपी सापकोटा र दाप्चाका अर्जुन लामाको हत्याका बारेमा काभ्रेलीहरु जानकार रहेको टिप्पणी गर्नु भएको छ ।
लाप्चाका अर्जुन लामाको हत्या अग्नि सापकोटाको निर्देशनमा भएको अभियोगमा दर्ता भएको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । एमाले काभ्रेको दशौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामा उपस्थित जनसमुदायलाई प्रश्न गर्दै भन्नुभयो–‘तपाईँहरू सभामुख चिन्नुहुन्छ रु नाम त लिन्न तर पनि लिनु प-यो भने कुल्ला गर्ने पानी छैन’–‘प्रतिपक्षी विरुद्ध, लोकतन्त्र विरुद्ध षड्यन्त्र गर्नेहरूलाई हिजोको पनि पाप लाग्छ ।
आजको पनि पाप लाग्छ ।’ ‘काभ्रेली जनतालाई अहिलेका सभामुखका बारेमा मैले केही भन्नु पर्दैन’–अध्यक्ष ओलीले भन्नुभयो–‘काभ्रेलीले राम्रोसँग चिन्नुहुन्छ हैन सभामुख रु नाम नलिऊ, अहिले कुल्ला गर्ने पानी छैन । निष्पक्षता छैन, मर्यादा छैन, पदको गरिमा छैन ।
प्रतिपक्षका विरुद्ध, देशको ठुलो पार्टीका विरुद्ध, दल फुटाउने षडयन्त्र गरेर, पहिले मात्रै होइन पाप, अहिले लोकतन्त्रका विरुद्ध पनि पाप, संविधान विरुद्ध पनि पाप, राज्यका तीन वटै अङ्ग बरबाद बनाएका छन् ।’ माओवादी अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटाले सशस्त्र युद्धका बेला युवाहरूलाई बेहाल बनाएको, परिवार टुहुरो बनाउँदै असल बाबु र ससुरा बनेको भन्दै अध्यक्ष ओलीले कटाक्ष गर्नु भयो ।
मान्छेका भावना सँग खेलवडा गरेर क्रान्तिको सपना देखाएर व्यक्ति र मुलुकलाई बर्वाद बनाउने पार्टी एमाले नभएकाले १७ हजारमा ५ हजारको जिम्मा लिन्छु भनेकोमा काभ्रेका नागरिक पर्छन कि रु पर्दैनन रु प्रश्न गर्नु भयो । मुलुकमा अहिले तिनवटै अङ्गहरू बरबाद भएको अध्यक्ष ओलीले बताउनु भयो ।
‘सभामुखलाई पाप लाग्छ’ : अध्यक्ष ओली
राप्रपा जिल्ला अध्यक्षसहित १२ सय एमालेमा प्रवेश
२३ पुष २०७८, शुक्रबार
news of nepal
532
Shares
sharethis sharing button
मोतीराम तिमल्सिना, काभ्रे ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटालाई एमाले नेताहरू बलराम सापकोटा, केपी सापकोटा र दाप्चाका अर्जुन लामाको हत्याका बारेमा काभ्रेलीहरु जानकार रहेको टिप्पणी गर्नु भएको छ ।
लाप्चाका अर्जुन लामाको हत्या अग्नि सापकोटाको निर्देशनमा भएको अभियोगमा दर्ता भएको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । एमाले काभ्रेको दशौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामा उपस्थित जनसमुदायलाई प्रश्न गर्दै भन्नुभयो–‘तपाईँहरू सभामुख चिन्नुहुन्छ रु नाम त लिन्न तर पनि लिनु प-यो भने कुल्ला गर्ने पानी छैन’–‘प्रतिपक्षी विरुद्ध, लोकतन्त्र विरुद्ध षड्यन्त्र गर्नेहरूलाई हिजोको पनि पाप लाग्छ ।
आजको पनि पाप लाग्छ ।’ ‘काभ्रेली जनतालाई अहिलेका सभामुखका बारेमा मैले केही भन्नु पर्दैन’–अध्यक्ष ओलीले भन्नुभयो–‘काभ्रेलीले राम्रोसँग चिन्नुहुन्छ हैन सभामुख रु नाम नलिऊ, अहिले कुल्ला गर्ने पानी छैन । निष्पक्षता छैन, मर्यादा छैन, पदको गरिमा छैन ।
प्रतिपक्षका विरुद्ध, देशको ठुलो पार्टीका विरुद्ध, दल फुटाउने षडयन्त्र गरेर, पहिले मात्रै होइन पाप, अहिले लोकतन्त्रका विरुद्ध पनि पाप, संविधान विरुद्ध पनि पाप, राज्यका तीन वटै अङ्ग बरबाद बनाएका छन् ।’ माओवादी अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटाले सशस्त्र युद्धका बेला युवाहरूलाई बेहाल बनाएको, परिवार टुहुरो बनाउँदै असल बाबु र ससुरा बनेको भन्दै अध्यक्ष ओलीले कटाक्ष गर्नु भयो ।
मान्छेका भावना सँग खेलवडा गरेर क्रान्तिको सपना देखाएर व्यक्ति र मुलुकलाई बर्वाद बनाउने पार्टी एमाले नभएकाले १७ हजारमा ५ हजारको जिम्मा लिन्छु भनेकोमा काभ्रेका नागरिक पर्छन कि रु पर्दैनन रु प्रश्न गर्नु भयो । मुलुकमा अहिले तिनवटै अङ्गहरू बरबाद भएको अध्यक्ष ओलीले बताउनु भयो ।
‘सरकार बने लगत्तै मुलुकमा अलक्षीण शुरु भएको छ, एउटा मात्रै अलक्षीण हैन पाँच पाँच जना अलक्षीणको गठबन्धन बनेको छ’–अध्यक्ष ओलीले भन्नुभयो–‘बैकमा पैसा छैन, अदालतमा कराँते खेल्न थालिएको छ, प्रधानन्यायाधीश निषेध हुन्छन्, वरिष्ठ अधिवत्ताहरु कुस्ति खेल्छन्, न्यायाधिशहरु हडताल गर्छन् । इजलास बहिस्कार गर्छन् । सरकार, संसद् र न्यायालय सबै बरबाद पारिएको छ ।’
एमाले अध्यक्ष ओलीले एमालेका विरुद्ध पाँचवटै दल एक स्थानमा उभिए पनि एमालेको जत्रो सभा गर्न नसक्ने बताउनु भयो । काभ्रे एमालेले झण्डै ३० हजार नागरिकहरु सभामा उतारेको दाबी गरेको छ । सोहि अवसरमा राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामा सहित तीन जना वडा अध्यक्षहरु समेत गरी १ हजार २ सय व्यक्तिलाई एमाले प्रवेश गराइएको थियो ।
नेकपा एमालेले देश बनाउने, मिचिएको जमिन फिर्ता गराउँदै भुभाग समेटेर नयाँ नक्सा बनाउने, देश जोगाउन संर्घष गर्ने पार्टी भएकाले सुखी नेपाली र समृद्ध नेपाल निर्माणको अभियानलाई साकार बनाउने अध्यक्ष ओलीले बताउनु भयो । सरकार, काँग्रेस र माओवादी प्रति कटाक्ष गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्वमा मात्रै मुलुकको विकास र समृद्ध सम्भव भएकाले देशमा लक्षण, सुशासन र समृद्धि सम्भव भएको बताउनु भयो ।
‘मुलुकलाई विकासको टनेल युगमा प्रवेश गराइएको छ’–अध्यक्ष ओलीले भन्नुभयो–‘सेटिङ्ग र परमादेशबाट बनेको सरकारले मुलुकलाई अधोगति तर्फ लगेका छन् ।’
सभामा पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा, केन्द्रीय सदस्य रेशम लामा, नविना लामा, प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदी, सदस्यहरू चन्द्र लामा, कुमार खकुरेल, चूडामणि गौतम, कुमार खकुरेल, भीम न्यौपाने, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिवालय सदस्य रिता ढकाल, इन्द्र तामाङ, सचिव नारायण पाण्डे, एमाले प्रवेश गरेका राप्रपा अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, नेकपा क्रान्तिकारीका आषिष राना मगर, माओवादीका यसबहादुर लामा लगायतले मन्तव्य राख्दै एमालेको नेतृत्वमा मात्रै मुलुकको समृद्धि सम्भव भएको बताएका थिए ।

प्रकाशित मिति: २४ पुस २०७८, शनिवार ०८:१३ बजे