१६ वैशाख २०८३, मंगलवार

सभामुख सापकोटालाई अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले धुलिखेलमा देखायो कालो झण्डा

विरोध पछि युवा , विद्यार्थी र सुरक्षाकार्मी बीच झडप, सेना परिचालन

काभ्रे । अनेरास्ववियुका र राष्ट्रिय युवा संघ नेपालले काभ्रेको धुलिखेलमा सभामुख अग्नि प्रसाद सापकोटालाई धुलिखेलस्थित बिपी राजमार्गमा कालो झण्डा देखाएका छन् । एमसीसीको खारेजी, एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको लगायतका विषयलाई लिएर अनेरास्ववियु, अनेरास्ववियु काठमाडौ विस्वबिद्यालय ,राष्ट्रिय युवा संघ नेपाल काभ्रेको सयुक्त रुपमा सभामुख सापकोटालाई कालो झण्डा देखाएका हुन् ।

काभ्रेको सारथी होटलमा आयोजना गरिएको सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन जाँदै गर्दा अनेरास्ववियुले सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो ।

अनेरास्ववियुले गरेको विरोधपछि जिल्ला सुरक्षा समन्वय समितिले नेपाली सेनानै परिचालन गरेको थियो । विरोध पछि विद्यार्थी र सुरक्षाकार्मी बीच झडपसमेत भएको थियो । कोण सभामा विद्यार्थी नेता सालिकराम पराजुली र युवा नेता सागर रायमाझीले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: २७ माघ २०७८, बिहीवार १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु