१४ वैशाख २०८३, आइतवार

धुलिखेल बजारका युवाहरु नेकपा एमालेमा प्रवेश

धुलिखेल । धुलिखेल नगरपालिका वडा नं ६ मा स्वतन्त्र व्यक्तिहरू नेकपा एमाले मा प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बीच नेकपा एमाले काभ्रेको अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक ब्याञ्जुले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको छ ।
उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले काभ्रे जिल्लाको अध्यक्ष अशोक ब्याञ्जुले नवप्रवेशीहरुलाई स्वागत गर्दै सामाजिक न्याय सहित को विकास एमाले पार्टी ले गरेको छ । सबै क्षेत्रमा समावेशी प्रतिनिधित्वको लागि नेकपा एमालेले काम गरेको भन्दै सबै युवाहरु नेकपा एमालेप्रति विस्वस्त हुनुपर्ने कुरा व्यक्त गर्नुभयो । धुलिखेल नगरपालिकाले नमुना विकास गरेको छ ।
धुलिखेल नगरपालिकामा एमाले निर्वाचित भएको बेलामा नगरको ७० प्रतिशत घरमा सौचालय थियो हाल सबै घर मा सौचालय छ । नगरपालिकाको साक्षरता प्रतिशत ७५ प्रतिशत थियो हाल ९९ प्रतिशत छ साथै धुलिखेल नगरपालिकाले
स्वास्थ्य सहरको अवधारणा सहित कामको सुरुवात गरेको छ नगरपालिकाले १५ बेड सहितको अस्पतालको निर्माण भइरहेको छ।
साथै ६० वर्ष देखिको पुरानो आयुर्वेदिक अस्पताल निर्माणको चरणमा छ भन्ने कुरा उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले काभ्रे जिल्लाको अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । स्वतन्त्र युवाहरु सुसन सुवाल,विकाश सुवाल,श्रृजन श्रेष्ठ,निराजन श्रेष्ठ,हरिओम खोजु,राशन सुवाल,असन सुवाल,सुदिप सुवाल, सचिन यगोल लगायतका युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।

प्रकाशित मिति: २९ माघ २०७८, शनिवार ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु