४ जेठ २०७९, बुधवार

धुलिखेलमा नेसनल मेयर कप फुटबल प्रतियोगिता हुने

धुलिखेल । आकाश भैरब क्लबले धुलिखेलमा नेसनल मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

आकाश भैरब क्लबले आज धुलिखेलमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार यहि मंसिर २६ गतेदेखि प्रतियोगिता सञ्चालन हुनेछ। खेल धुलिखेल सामुदायिक खेलमैदान अड्डा बजारमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा हालसम्म २० टिम पुगिसकेको छ । प्रतियोगितामा पहिलो हुने टिमले २ लाख र दोस्रो हुने टिमले १ लाख रूपैयाँ पुरस्कार पाउनेछन् ।

उत्कृष्ट गोल रक्षकले ५ हजार, उत्कृष्ट खेलाडीले ५ हजार, सर्वाधिक गोलकर्ता ५ हजार प्रतिस्पर्धीहरूले सिल्ड, मेडल र प्रमाणपत्र, म्यान अफ दि म्याच २ हजार पाउनेछ ।

‘नेपाल आइस धुलिखेल मेयर कप फुटबल प्रतियोगिता २०७८’नाम दिईएको प्रतियोगिता नकआउटका आधारमा खेलाईनेछ । बि र सि डिभिजन क्लब सहभागी हुनेछन् ।

आकाश भैरब क्लबले बिगत २०७४ सालदेखि मेयर क्लब सञ्चालन गर्दै आएको छ ।

आकाश भैरब क्लवको स्थापना वि.स. २०५८ मा भएको थियो । स्थापना काल देखि नै क्लवले विभिन्न सामाजिक रूपान्तरणका कार्यहरु गर्दै आएको छ ।
नेपाल आइस धुलिखेल मेयर कप फुटबल प्रतियोगिता २०७८ मुख्य सहयोगी संस्था धुलिखेल नगरपालिका रहेको छ । मुख्य प्रायोजक, सि जि बुअरी प्रा.लि नेपाल
टाइटल प्रायोजक योग ट्यालेन्ट टिम (YTT) सह प्रायोजकहरुमा म्याक्स टाईगर इनर्जि ड्रिंक, काभ्रे जिल्ला निर्माण व्यवसायी संघ, क्षेत्रिय होटेल एशोसियन, मनोविनायक साकोस, काठमाडौं ,अर्थभूमि साकोस, काठमाडौं ,लेखापढी व्यवसायी संघ, काभ्रे प्राविधिक सहयोग काभ्रे जिल्ला फुटबल संघको रहेको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहीवार १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु