२१ असोज २०८३, मंगलवार

बनेपा वडा न.२मा निर्माण हुँदै गरेको बनेपाकै उत्कृष्ट पार्क अवलोकन गर्दै नगर प्रमुख र उप-प्रमुख

बनेपा न.पा वडा न.२ स्थित युथ आइज कल्बका युवाको पहलमा बन्दै गरेको आकाश देवि समुदायिक पार्क निरिक्षणको लागि बनेपा नगरपालिका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठ र उप मेयर रेखा सापकोटा (दाहाल) ज्यूबाट पार्क निरिक्षण गरि मेयर श्रेष्ठले युवाहरुले गरेको काम बाट आफू खुशी भएको र आगामी दिनमा बनेपा नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
उक्त पार्क लाई पर्यटन रुपमा पवर्दन गर्न र बनेपा नगरकै नमुना पार्क बनाउन युथ आइ कल्बका युवा निरन्तर खटिरहेका उक्त कल्बका अध्यक्ष सन्तोष गौतमले बताउनु भयो।
युवाहरुको उक्त कार्यले आज काठमाडौ ,ललितपुर ,भक्तपुर देखि मानिस भ्रमणका लागि आकाश देवि समुदायिक पार्कमा फोटो खिच्न र शान्त बाताबरणमा रमाउन् पुग्ने गरेका छ्न।

सुन्दर शान्त बाताबरणमा अवस्थित उक्त पार्क दिनप्रतिदिन युवाहरुको घुम्ने गन्तव्य बनेको छ।

उक्त पार्क निर्माणमा अहोत्र खटिएका बनेपा २ का नेपाली काङ्ग्रेस बाट निर्वाचित जनप्रतिनिधि गंगा
प्रसाद घिमिरेले बनेपाकै उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन आफुहरु लाग्दा विभिन्न समस्या झेल्नु परे पनि आफुहरु समस्याबाट अलिकति पनि नडराइ र नडम्गाइ निरन्तर उक्त पार्क अनि समग्र वडाको बिकासका निम्ति डटेर सकारात्मक कार्य गर्ने कुरा बताउनु भयो।

प्रकाशित मिति: २७ साउन २०७८, बुधवार १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु