१५ वैशाख २०८३, सोमवार

किसानलाइ मकै छोडाउने र विद्युतिय स्प्रे वितरण

धुलिखेल । धुलिखेल नगरपालिका वडा नं ९ मा आज एक कार्यक्रमका विच वडा कार्यालयमा किसानहरुलाई बिभिन्न कृषि औजार प्रदान गरिएको छ ।

किसानहरुको विभिन्न समयको माग र निवेदन अनुसार वडाबाट भएको समन्वय वाट आज नगर प्रमुख अशाेक कुमार व्याञ्जु श्रेष्ठ ज्युको प्रमुख आतिथ्यतामा वडा बासी कृषकहरुलाई बिद्युतिय स्प्रे र मकै छोडाउने मेसिन प्रदान गरिएको हो ।

किसानहरुले कृषिलाई आधुनिकीकरण गर्न र गराउन परम्परागत खेति प्रणालिबाट माथि उठेर व्यवसायिक तवरले खेति गर्न आधुनिक कृषिजन्य औजार एवम् प्रणाली अवलम्बन गर्ने हो भने धुलिखेल नगर भित्रका सम्पुर्ण किसानहरुले आर्थिक स्तरमा सुधार गर्ने र नगरपालिका सधै किसानको हकहितको पक्षमा रहेको कुरा व्याञ्जुले कार्यक्रमलाइ सम्बोधन गर्दै बताउनु भयो ।

कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष वसन्त व. रानाभाट , स्थानीय जनप्रतिनिधिहरु , किसान , स्थानीय एवम् प्रहरि प्रतिनिधिको सहभागि रहेको थियो ।

आधुनिक कृषि औजार पाएपछि स्थानीय किसानहरु एकदमै हर्सोल्लासका साथ अझै काम गर्न हौसला भएको कुरा बताउछन् ।

प्रकाशित मिति: १९ असोज २०७८, मंगलवार २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु