#सहयोगको_लागि_समृद्धिका लागि युवाको अनुरोध
सुचना
#सहयोगको_लागि_अनुरोध
बास्पानी गाउँपालिका,खोटाङ्ग जिल्ला स्थायी घर भई हाल काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल न.पा. वडा ६ स्थित चोच्छेटोला बसोबास गर्ने मनिराज राईको बर्ष ७ कि छोरी स्वस्तिका राईको गत २०७८ बैशाख २३ गतेका दिन धु.न.पा ६ स्थित चोच्छे टोल स्थित डेरामा खेलिरहेको अवस्थामा घरको तेस्रो तल्लाबाट खसी गम्भीर घाइते भई हाल धुलिखेल अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गराईरहेको र टाउकोको सल्यकृया गर्नुपर्ने भएकोले सामान्य ज्याला मजदुरी गरी दैनिकी चलाईरहेको उक्त परिवारको आर्थिक अवस्था निकै कमजोर भएको कारण स्वस्तिका राईको जिवन रक्षाको लागि बालिकाको बुवाद्धारा यस समृद्धिका लागि युवा (Youth for prosperity )संस्था मार्फत सहयोगको लागि पहल गरिदिनुहुन अनुरोध भएकोले समृद्धिका लागि युवा(Youth for prosperity ) संस्थाद्धारा मिति २०७८।०१।३० गते देखि २०७८।०२।०५ गते सम्म (एक हप्ता) अभियानको रुपमा सहयोग रकम संकलन गर्ने योजना अनुरुप यो सुचना प्राप्त गर्नुहुने सहयोगका लागि ईच्छुक सम्पूर्ण महानुभावहरुलाई व्यक्तिगत वा संस्थागत रुपमा आफुले सकेको सहयोग गरिदिनुहुनका लागि विनम्र अनुरोध गरेको छ ।

प्रकाशित मिति: २९ वैशाख २०७८, बुधवार २१:३७ बजे











