१५ मंसिर २०८०, शुक्रवार

हिन्दुहरुको माहान चाँड बडादशैंमा मनाइने धुलिखेल(शिखलापुर) भगवती जात्रा

भगवती जात्रालाई धुलिखेलको प्रमुख जात्राको रुपमा बडो रमाइलो परम्पराका साथ मनाइन्छ । यो जात्रा सञ्चालन गर्न धुलिखेल नगरपालिका, भगवती गुठि संस्थान, जिल्ला मालपोत कार्यालय र स्थानिय बासिको सहयोग प्रप्त भइ आएको छ । अघिल्लो १३ बर्षमा यसको व्यवस्थापन एकता युवा समुह बाट भइ आएको थियो र सो भन्दा अघि चुके परिवार बाट भइ आएको थियाे भने हाल १२ बर्ष एता आकाश भैरव क्लवलाई व्यवस्थापनको जिम्मा दिएको छ ।

काठमाण्डौं बाट ३० कि.मि. पूर्वमा अवस्थित रमणीय पर्यटकीय स्थल धुलिखेललाई पहिले शिखलापुर भनिन्थ्यो जुन १४औं शताब्दीमा राजा आनन्द मल्ल द्वारा स्थापित भएको थियो। संस्कृती तथा परम्परा झल्किएको यस धुलिखेलमा बिभिन्न जात्राहरु विस्केत जात्रा, बुद्ध जयन्ति जात्रा, गाईजात्रा, श्री कृष्ण जन्माष्टमी जात्रा, दशैं भगवती जात्रा, नव दुर्गा जात्रा इत्यादि जात्राहरु मनाउदै आईरहेको छ, जस मध्य यहा“ हरेक बर्ष विस्केत र दशैं गरि दुई पटक भगवतीको जात्रा मनाउने चलन रहेको छ । यो जात्रा १६औं शताब्दी कालमा धुलिखेल भगवती मन्दिरकोे स्थापना भएको र सोहि काल देखि नै यो जात्रा मनाउन सुरु गरिएको स्थानियबासिको भनाइ रहेकोछ ।
पहिले धुलिखेल (शिखलापुर) राज्यको छिमेकी राज्य श्रीखण्डपुर (खड्पु)को माथील्लो भ्यान्डोल डाँडामा दुई अति शुन्दरी तथा उज्यलो अनुहार भएकी वालिकाहरु वाटो विराएर रोई कराई वसेको अवस्थामा केही समय अघि त्यस श्रीखण्डपुरको वाटो भइर पूर्व जाने गर्द थियो, सोहि समयमा केहि मानिसहरुले दिदि चाहिलाई फकाई फुलाई पूर्व लाने क्रममा पहिलो रात वुच्चाकोटमा बास बसिन र भोलि पल्ट विहान उठि हिदेर जाँदा जाँदै पलाञ्चोक पुग्दा साँझ परी त्यहि बाँस बसिन र बिहान उठ्दा ति ठूली बालिका सिलाको रुपमा परिनत भई हाल पलाञ्चोक भगवतीको रुपमा यध्यपी छिन्, त्यस पछि दिदि हराईन भनि बहिनी बालिका त्यहि भ्यान्डोल स्थानमा रोई कराई रहेको स्थानिय बासिन्दाले देखेछन र श्रीखण्डपुरवासीले त्यस रोही रहेको वालिकालाई सोधखोज गर्दा उनी देवी भगवती भएको र बस्न लाई बास नभएको र दिदि हराएको कुरा बताइन् । श्रीखण्डपुरवासीले उक्त वालिका (भगवती) लाई उपयुक्त स्थानमा राख्ने भनेपछि उक्त वालिकाले आफुलाई लैजानको लागि सुनको गरगहना को माग गरिन र श्रीखण्डपुरवासीले एक, दुई दिनमा लिन आउने वाचा का साथ उनिहरु फर्केछन् । यो कुरा धुलिखेल वासी कर्मठ नेतृत्व व्यक्ती चुके परिवारका ‘अजम्बर’ नामक व्यक्तिले थाहा पाएछन् र दुई जना सहयगी लिई सो स्थानमा पुगि ति बालिका लाई धुलिखेल जाँउ भनी आग्रह गर्दा उनीले श्रीखण्डपुरवास संग माग गरे बमोजिम माग राखिन र उनीहरु चलाख भई सुनचाँदीको गहना को सातो फर्सी, लौका,तोरी आदिको फुल बाटबनेको गरगहना बनाएर श्रदापूर्वक बालिका भगवती लाई धुलिखेल जान आग्रह गरेर धुलिखेल लगेछन् , भगवतीले पनि सुनको गरगहना भन्दा फलफुलको गहना उपयुक्त थानी धुलिखेल जान तयार भएछन् र धुलिखेलको तनालेव वाटो (हाल धुलिखेल अस्पतालको डेन्टल भवन), पिपलवोट भएर चुकेहरुको (हाल पुर्णलाल वेजुको) घर र लाटा महेन्द्रको घरको ढोका भई गणेश दास र अमृत दास चुकेको घर सुरु¨ खनि वैकुण्ठनाथको घरमा ति बालिका भगवतीलाई राखेछन् जुन घरमा वरिपरि पूरै आखी“ झ्यालले घेरेको थिया । धुलिखेलवासीले भगवतीलाई फकाएर धुलिखेल लगेको कुरा श्रीखण्डपुरवासीले थाहा पाएछ र भगवतीलाई श्रीखण्डपुर जान आग्रह गर्दा श्रीखण्डपुरवासी र धुलिखेलको चुकेको घरमा झगडा तथा ढोका घचाघच् भएछ र भगवती पनी जान नमान्द श्रीखण्डपुरवासीले हाम्रो इजत गयो भनि भगवतीको नाक काटे पछि भगवती सिलामा परिनत भएछ । सो काटेको नाक हाल श्रीखण्डपुरमा यद्यपि छ । नाक काटिएको भगवतीको मुर्ति धुलिखेलको खाछे (चुके) परिवारका ‘वैकुण्ठ नाथ’ नामक व्यक्तिले आप्mनो घरको पुजा गर्ने छुट्टै घरमा लगेर पुजाप्रार्थना गरी राखेकाछन् , जुन घरमा वरिपरि पूरै आखी“ झ्यालले घेरेको थियो ।
समय वित्दै जादा एक दिन धुलिखेलकै हर लक्ष्मी नापितको सपनामा भगवती आई “मलाई धुलिखेलको अग्लो डा“डा भएको ठा“उमा मेरो लागि मन्दिर बनाई दिनुस ” भनि आग्रह गरेपछि धुलिखेल(शिखलापुर) चोच्छेटोलको अग्लो स्थानमा स्थानिय बासिन्दाहरु मिलि मन्दिर बनाई त्यही भगवतीको स्थापना गरिदिए र अजम्बरका तिनै बंशजले भगवतीको प्रतिमूर्ति बनाई पहिलेकी लाई आमा र प्रतिमूर्तिलाई छोरी को संज्ञा दिए । यसरी बषको दुई पटक विस्केत र दशैंमा छोरीलाई आमा संग भेट गराउदा हुने जात्रानै भगवतीको जात्रा हो। सोहि समयमा मात्र स्थानिय बासिहरुले जात्रा भगवतीको दर्शन गर्न पाउद छन् ।
भगवतीको दुई जात्रा मध्य दशैं जात्रा धुलिखेलमा निम्न परम्परा अनुसार मनाउदै आई रहेको छ । दशैंको पहिलो दिन घटस्थापनाको दिन भगवतीको लागि क्वाच्चा (हरिसिद्ध स्कुल) मा जमरा राखिन्छ । त्यसै दिन देखि दशमी सम्म व्राह्मणद्वारा दैनिक चण्डी पाठ गराउने गरिन्छ । दशैंको सातौं दिन फुलपातीको दिन काठमाण्डौंको हनुमान ढोकाबाट रथ जात्राको लागि खड्ग (तरवार) र फुलपाती ल्याई भित्राईन्छ । सोहि दिन धुलिखेलको सरस्वती बजारमा सरस्वतीलाई बली दिई कोट पुजा गरिन्छ । अष्टमिको दिन क्वाच्चामा कालरात्रीको पुजा गरिन्छ । नवमीको दिन क्वाच्चमा रा“गाको बली दिई कोट पुजा गरिन्छ र उक्त रा“गालाई महिषा सुरको रुपमा मानिन्छ । सन्तान नहुने वा छोरा नहुने व्यक्तिले रा“गाको बध गरेमा त्यस व्यक्तिले इच्छाएको कुरा पुरा हुने र सन्तानमा छोरा प्रप्त हुने भन्ने भनाई रहेको छ र हाल सम्म पनि सो भनाई पुरा हुदै आईरहेको छ । सोहि दिन भगवतीको मन्दिरमा कालो बोका बली दिईन्छ ।
भगवतीको प्रमुख जात्रा दशमीको दिन देखि सुरु गरिन्छ । उक्त दिन विहान खाछे (चुके परिवारको छोरी भगवतीलाई मन्दिरकी भगवती (भगवती मन्दिर) भएको ठा“उमा स्थानिय बासिन्दाहरुलाई दर्शन गराउदै पुरा बाजागाजाका साथ मन्दिरका पुजारी (कर्मचार्य) लाई छोरी भगवती तान्त्रिक विधिसहित सुम्पिइन्छन् ।
सोहि दिन आमा छोरीलाई एकै ठा“उमा राखि भक्तजनहरुलाई दर्शन र पुजाआजा गराउछन् । सा“झ पख सबै मानिसको घरमा फुलपातीको दिन पुजा गरेको खड्ग (तरवार) लिएर भगवती मन्दिरमा जम्मा हुन्छन् र अघिल्लो दिन क्वच्चामा रांगा बध गर्ने व्यक्तिको घरमा गई, सो व्यक्तिलाई लिएर क्वच्चा कोट बाट भगवती मन्दिर सम्म तीन पटक परिक्रमा गरि खड्ग जात्रा (चाला) मनाईन्छ । सोहि दिन बेलुकीपख छोरी भगवतीलाई रथमा चढाई बोका बली दिई धुलिखेल राज्यको पश्चिम ढोका गणेश स्थान (पूर्ण संजीवनी लंखनामाई स्कुल)मा लगि त्यहि बास बसाइन्छ । भोलि पल्ट एकादशीको दिन सबै धुलिखेल बासिहरु मिलि रमाइलोका साथ चोच्छे टोल र इटोल बासिले नारायणस्थान सम्म र दुटोल र वटोल बासिहरुले भगवती रथयात्रा जात्रा गदै क्वच्चा कोट भएको स्थान सम्म लैजान्छन् , यसै क्रममा धुलिखेलको लखनडवली सम्म रथ तानातान गरि रमाइलोका साथ रथजात्रा समापन गर्दछन् र रथमा राखिएको छोरी भगवतीलाई कर्मचार्य (पुजारी) ले खाछे (चुके) परिवारलाई छोरी भगवती तान्त्रिक विधिसहित सुम्पिइन्छन् । यसरी लगनडबली बाट चुके परिवारको दिनभर उपवास बसेकि नकि¨ले पुजाआजा भगवती निवासमा फर्काएर लैजान्छन् जुन पुजाआजा कार्य चुके परिवार बाट मात्र गर्ने परम्परा रहेको छ र सो दिन देखि जात्रा समापन गरिन्छ । जात्रा समापन भएको ३ दिन सम्म पुजाको लागि खुल्ला रखिन्छ र चतुर्दशीका दिन बिहान बली पुजा गरि भगवतीलाई पहिलेकै स्थानमा राखि विदा गरिन्छ र सबै स्थानिय बासिन्दालाई पर्साद ग्रहन गराईछ । यस जात्रा अवधि भर जम्मा ६वटा बोका र १ वटा रांगाको बली दिने चलन छ ।

निष्कर्शः
भगवती जात्रालाई धुलिखेलको प्रमुख जात्राको रुपमा बडो रमाइलो परम्पराका साथ मनाइन्छ । यो जात्रा सञ्चालन गर्न धुलिखेल नगरपालिका, भगवती गुठि संस्थान र जिल्ला मालपोत कार्यालय तथा स्थानिय बासिको सहयोग प्रप्त भइ आएको छ । हाल यस आकाश भैरव क्लवले व्यवस्थापनको जिम्मा लिदै आएको छ । परम्पराको जगेर्ना, पर्यटन प्रवर्दनको साथै युवाहरु भेलाभै जात्राको समापन गरिन्छ ।

प्रकाशित मिति: २७ असोज २०७८, बुधवार १५:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु