आर्थिक समृद्दि सगैँ गाँस,बाँस र कपासको अभाव कुनै नगर बासीमा नहुने
धुलिखेल । धुलिखेल नगरमा आर्थिक समृद्दि सगैँ गाँस,बाँस र कपासको अभाव कुनै नगर बासीमा अब नहुने त्यसको लागि आवश्यक कार्यक्रम बनाई कार्यक्रम भइरहेको धुलिखेल नगर प्रमुख असोक कुमार ब्याञ्जुले जनचतना युवा समूहको २४ औ साधारण सभा कार्यक्रममा बताउनु भयो ।
जनचतना युवा समूहको २४ औ साधारण सभा कार्यक्रम काभ्रे प्रतिनिधि सभा क्षेत्र न. १ का माननीय गंगा बहादुर दोङ (वम ध्वज) को प्रमुख अतिथ्यता , वाग्मती प्रदेश सभा सदस्य चन्द लामाको विशेष आतिथ्यता र नगरप्रमुख असोक कुमार ब्याञ्जु को विशेष आतिथ्यतामा सम्पन्न भयो ।
उक्त कार्यकमा बोल्दै नगर प्रमुख व्याञ्जुले मुलुकको सम्बृद्धि अब धेरै टाढा नभएको बताउँदै वर्तमान सरकारले मुलुक सम्बृद्धि बनाउने अभिभारा पुरा गर्ने बताउनु भयो । उहाँले आम युवा लाई विकासका हरेक अभियानमा नगरपालिकाको सधै सहयोग र साथ रहने बताउदै नगरप्रमुख व्याञ्जुले विकासका गतिलाई नगरपालिकाले अझै तिब्र्र्ररुपमा लैजाने बताउनुभयो ।
उहाँले संघीयताको अभ्यास भईरहेको अबस्थामा संघ, प्रदेश र स्थानीय तह मिलेर विकासको अभिभारा पुरा गर्न लाग्नु पर्ने औल्याउँदै तीनवटै तहको आपसी सहयोग र साझेदारीसंगै एकले अर्काको अस्तित्व स्वीकार्दै विकासमा लम्कनु पर्नेमा जोड दिनुभयो ।
अबको दुईवर्षमा नगरपालिकाले थुप्रै विकास निर्माण को काम सम्पन्न गर्ने बताउदै बिकास को बिरुद्धमा जनता भड्काउने र विकासको नाममा भम्र सृजना गर्ने लाई जनताले सजायँ दिने चेतावनी दिनुभयो ।
नगरप्रमुख व्याञ्जुले विकास बिरोधीको हिसाब, किताब राख्ने बताउँदै सुखि नेपाली समृद्ध धुलिखेल बनाउने चुनावि प्रतिबद्धता आफुले नभुलेको बताउनु भयो । उक्त कार्यक्रममा उहाँले आर्थिक समृद्दि सगैँ गाँस,बाँस र कपासको अभाव कुनै नगर बासीमा अब नहुने बताउनु भयो ।
प्रकाशित मिति: १२ माघ २०७६, आइतवार १५:०८ बजे










