दोस्रो काभ्रे गोल्डकप २०७६ हुँदै
धुलिखेल । जिल्लामा दोस्रो पटक ठुलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता आयोजना गरिएको छ । चैत्र १३ गतेदेखि २३ गतेसम्म धुलिखेलको खेल मैदानमा ‘दोस्रो काभ्रे गोल्डकप २०७६ आयोजना गरेको शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिए ।
पत्रकार सम्मेलनमा काभ्रे जिल्ला फुटबल संघको आयोजनामा हुने उक्त प्रतियोगितामा ए डिभिजनसहित १० वटा क्लब सहभागि हुने आयोजकले जानकारी दिए । त्यस्तै काभ्रे जिल्ला फुटबल संघ, दोलखा, सिन्धुपाल्चोक जिल्ला फुटबल संघ समेत गरी १० वटा टिम सहभागि हुने प्रथम काभ्रे गोल्डकपका मुख्य संयोजक अमित खोजु श्रेष्ठले जानकारी दिए । गोल्डकपका लागि धुलिखेल, बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध नगरपालिकासँगै रोशी, भुम्लु, तेमाल, बेथानचोक, महाभारत, खानिखोला, चौरीदेउराली गाँउपालिकाले सहयोग गरेका छन ।
फुटबलको माध्यमबाट जिल्लाको प्रचार प्रसार एवं प्रर्वद्धन गर्दै जिल्लाबाट उत्कृष्ट खेलाडीहरुको पहिचान गरी राष्ट्रिय स्तरका खेलाडीहरु तयार गर्ने उदेश्यले अखिल नेपाल फुटबल संघ एन्फाको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठले बताए । पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले प्रतियोगिताको निरन्तरताका लागि संघले प्रायोजकहरुको खोजी गर्न तथा खेलाडीहरु उत्पादनमा ध्यान दिन अनुरोध गरेका थिए ।
प्रतियोगितामा विजयी हुने टिमले नगद ६ लाख रुपैया प्राप्त गर्नेछ भने दोश्रो हुनेलाई ३ लाख रुपैया प्रदान गरिनेछ । खेल मैदान पूर्वाधार निर्माण, खेल सामाग्री लगायतमा झण्डै ५० लाख रुपैया खर्च हुने मुख्य संयोजक अमित खोजु श्रेष्ठले बताए ।
प्रकाशित मिति: १७ फागुन २०७६, शनिवार १८:३८ बजे










