१ असार २०८३, आइतवार

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै अनेरास्वबियू काभ्रेले गर्यो दिप प्रज्वलन

धुलिखेल । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्वबियू काभ्रेले सदरमुकाम धुलिखेलमा दिप प्रज्जवलन गरेको छ ।
दिप प्रज्वलन कार्यक्रममा सहभागी सम्र्पूणले गेट वेल सुन पीएम’ स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यु लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्ववियु केन्द्रीय सदस्य शालिकराम पराजुली, सुन्दर खड्का, हरिषचन्द घिमिरे, अनेरास्ववियु जिल्ला सयोजक उपेन्द्र शर्मा,राष्ट्रिय युवा संघ जिल्ला सयोजक विक्रम चौलागाई लगायतका नेकपा सम्बद युवा विलर्थी नेता एवम् कार्यकर्ता ले दिप प्रज्वलन गरेका थिए । यस अघि नेकपा सम्बद्घ काभ्रेका यूवा नेताहरुले बनेपामा रहेको चण्डेश्वरी मन्दिरमा बत्ति बालेर प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गरेका थिए ।

प्रकाशित मिति: २२ फागुन २०७६, बिहीवार १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु