३२ जेठ २०८२, शुक्रवार

जबरजस्ती रङ्ग दल्ने र लाेला हान्ने ७ महिलासहित ८० जना पक्राउ

काठमाण्डौ । फागु अर्थात् होली पर्वमा उच्छृङ्खल गतिविधि गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

होलीको बहानामा काठमाण्डौ उपत्यकामा उच्छृङ्खल गतिविधि गर्ने सात महिलासहित ८० जना पक्राउ परेका हुन् । काठमाण्डौबाट सात महिलासहित ५९ जना पुरुष तथा ललितपुर र भक्तपुरमा सात–सात जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने र होहल्ला गरेकाले पक्राउ गरिएको हो ।

चाडपर्वको बहानामा नियम मिच्ने, कानुनको उल्लङ्घन गर्ने र अनुचित क्रियाकलाप गर्ने क्रम बढ्दो छ । यद्यपि चाडपर्व मनाउँदा संयमित रहन र नियम मान्न प्रहरीले अनुरोध गर्दै आइरहेको छ ।

बर्सेनि होलीमा उच्छृङ्खल गतिविधि गर्ने र पक्राउ पर्ने क्रम भने रोकिएको छैन ।

प्रकाशित मिति: २६ फागुन २०७६, सोमवार १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु