२८ असार २०८२, शुक्रवार

मोटरसाइकल र भ्यान ठोक्किँदा २ युवकको मृत्यु

सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खण्डमा मोटरसाइकल र भ्यान ठोक्किँदा आज दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ५ बस्ने २६ वर्षीय प्रकाश चौधरी र सोही मोटरसाइकलमा पछाडी सवार सोही गाउँपालिका–६ बस्ने २३ वर्षीय अनिल चौधरीको उपचारका क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पश्चिमबाट पूवतर्फ आइरहेको स.५प. ९५४५ नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ना.३ प. ८५२८ नंको म्याजिक भ्यान एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । तीव्र गतिका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २६ फागुन २०७६, सोमवार २२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु