२९ चैत २०८२, शनिवार

सगरमाथा आरोहण बन्द गर्ने सरकारको घोषणा

काठमाडौं । नेपालले सगरमाथा आरोहण बन्द गरेको छ । यस अघि चीनले कोरोनाभाइरको फैलँदो संक्रमणलाई मध्यनजर गर्दै सगरमाथा आरोहण बन्द गरेको थियो । नेपालले पनि यस सिजन सगरमाथा आरोहणका सबै अभियान बन्द गरेको हो । बीबीसीले प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई उद्धृत गर्दै लेखेअनुसार अप्रिल ३० सम्मका लागि सबै प्रकारको पर्यटक भिसामा रोक लगाउने निर्णय पनि गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको एक अहम बैठकको निर्णयमा भनिएको छ ‘२०२० मा हुने सगरमाथा आरोहणका यस सिजनका लागि जारी गरिएका सबै अनुमति र अविष्यमा जारी गरिने सबै अनुमति रद्द गरिनेछन् ।’ यसकारले विदेशी पर्यटकसँग अन्तयन्तै जरुरी नहुँदासम्म नेपालको यात्रा नगर्न अपिल गरेको छ । भोलि १४ अप्रिलदेखि नेपाल आउने बैलाई क्वारेन्टाइनमा राखिने निर्णय गरिएको छ ।

प्रकाशित मिति: ३० फागुन २०७६, शुक्रवार २१:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु