२६ जेठ २०८२, शनिवार

अमेरिकामा एकैदिन ७१९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । अमेरिकामा एकैदिन ७ सय १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै न्यूयोर्कका छन् जहाँ एकैदिन २ सय ८ जनाको मृत्यु भयो ।
यस्तै न्यूजर्सीमा पनि एकैदिन ६९ जनाले ज्यान गुमाए ।

साथै, पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ५२ जना संक्रमित थपिएपछि अहिलेसम्म कूल १ लाख ८७ हजार ३ सय ४० जना कूल संक्रमित छन् जसमध्ये ३ हजार ९ सय ८८ को अवस्था नाजुक छ ।

यद्यपि, ६ हजार ४ सय ६१ जना निको भइसकेका छन् ।

प्रकाशित मिति: १९ चैत २०७६, बुधवार १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु