१६ वैशाख २०८३, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत् गरिने छ । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले यही विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति: २५ चैत २०७६, मंगलवार ०९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु