२१ वैशाख २०८३, आइतवार

काभ्रे जिल्लाका सञ्चारकर्मीको कोरोना परीक्षण गरिने

काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको पहलमा पत्रकारहरुको कोरोना पिसिआर र आरडिटी दुबै परिक्षण गर्न लागिएको हो । कोरोना भाइरसको महामारीमा अग्रपक्तिमा रहि नागरिकहरुलाई निरन्तर सूचना प्रवाह गर्ने जिल्लाका संचारकर्मीहरुको कोरोना संक्रमण भए/नभएको परिक्षण गरिने भएको छ ।

जिल्लामा अग्रपक्तिमा रहेर कार्य गर्ने सञ्चारकर्मीलाई आरडिटी र पिसिआरबाट परिक्षण गर्ने कमाण्डपोष्टका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुखडा. नरेन्द्र कुमार झाले बताउनु भयो । आवश्यकतानुसार कोभिड १९ सम्बन्धी प्रयोगशाला परिक्षण प्रोटोकल अनुसार तरकारी व्यापारी, फलफुल व्यापारी, घरदैलोमा सहभागी जनप्रतिनिधि र कर्मचारी, फोहोर मैला विसर्जन गर्ने कर्मचारी र संक्रमित जिल्ला र विदेशबाट आएका नागरिकको परिक्षण गरिनेछ । जेठ २ गते शुक्रबार कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरीय कमाण्डपोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले कोभिड १९ परिक्षणको लागि प्राप्त भएका मेडिकल किटहरुबाट जिल्लामा ड्युटीमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य अधिकृतसँगको समन्वयमा प्राथमिकताको आधारमा कोभिड १९ परिक्षण गर्ने निर्णय गरेको छ । जिल्लामा पिसिआर किट २ हजार ६ सय किट, आरडिटी १ हजार किटरहेको डा. झाले बताउनु भयो ।

संघ सरकारले एमएम ट्युव३ सय, फुलसेट पिपिई ५० थान, स्यानिटाईजर २० लिटर प्राप्त भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले बताउनु भयो । कोरोना परिक्षणका लागि जिल्लामा कार्यरत सबै ल्याब कर्मचारीहरुलाई परिचाल नगर्न सम्बन्धित पालिकाहरुलाई अनुरोध गर्ने साथै धुलिखेल अस्पतालले आउट रिच क्लिनिकमा कार्यरत ल्याब कर्मचारीलाई आरडिटी परिक्षण र स्वाबलिन आवश्यकतानुसार परिचाल नगर्ने र धुलिखेल अस्पतालमा प्रत्येक दिन स्वाब संकलन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । समितिमा सहायक प्रमुख जिल्लाअधिकारी लक्ष्मीदेवी होमागाई खतिवडा, विष्णु दल गणका प्रमुख सेनानी सुबास खड्का, जिल्लाप्रहरी कार्यालय, काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविकुमार पौडेल, सशस्त्रप्रहरी बल नेपाल नं. १५ गण हे.क्वा.काभ्रेका प्रहरी उपरिक्षक पुरुषोत्तम थापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, काभ्रेका प्रमुख सरोज निरौला, स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुखडा. नरेन्द्र कुमार झा, धुलिखेल अस्पताल, काभ्र्रका प्रवक्ताडा. सुमन ताम्राकार रहनु भएको छ ।

प्रकाशित मिति: ३ जेठ २०७७, शनिवार १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु