सिरहामा थप पाँच जनामा कोरोना पुष्टि

सिरहा, जेठ १३ गते । सिरहामा थप पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसहित सिरहामा अहिलेसम्म कोरानाबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या ६ पुगेको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले सोमबार अबेर दिनुभएकाे जानकारी अनुसार भगवानपुर गाउँपालिका–४ स्थित बिसौलका ३६, २६, २९, ३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिका–१ स्थित भगवतीपुर तमसुईयाको एक जना पुरुष गरी थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसका पुष्टि गरेकाे छैन ।
सङ्क्रमण पुष्टि भएकामध्ये भगवानपुर गाउँपालिकाका चारै जनालाई धनगढीस्थित महेन्द्र गेनाई कोरोना अस्पतालमा राति नै ल्याइसकिएको छ । नवराजपुर गाउँपालिकाको भगवतीपुर तमसुईयाका सङ्क्रमितलाई राति गाउँपालिकाको सोनवर्षा क्वारेन्टाइनको छुट्टै कोठामा राखी मङ्गलबार धनगढीकै कारोना अस्पतालमा पु¥याउने तयारी भइरहेको नवराजपुरका गाउँपालिका प्रमुख विश्वमोहन यादवले जानकारी दिनुभयो ।
उनीहरू सबै गत जेठ २ गते भारतबाट भित्रिएर सोझै आ–आफ्ना गाउँपालिकाको क्वारेन्टाइन शिविरमा प्रवेश गरेका थिए । क्वारेन्टाइनमा रहेकै अवस्थामा गत जेठ ५ गते उनीहरूको स्वाब सङ्कलन गरिएको थियो ।
भारतबाट भित्रिएपछि उनीहरु गाउँघर नपसी सोझै क्वारेन्टाइनमा प्रवेश गरेकोले अहिलेको अवस्थामा गाउँ सिल गर्ने अवस्था नआए पनि जिल्ला सुरक्षा समितिको बैठकबाट हुने छलफल बमोजिम यसबारे निर्णय आउने प्रजिअ गुरागाईंले बताउनुभयो ।गोरखापत्रबाट
प्रकाशित मिति: १३ जेठ २०७७, मंगलवार १३:४७ बजे