२३ वैशाख २०८३, मंगलवार

झापामा १७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । झापामा बुधबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार दिउँसो १७ जनाको नतिजा पोजेटिभ आएको अस्पतालका मेसु डा.संगिता मिश्राले जानकारी दिनुभयो ।
कोरोना संक्रमण पुष्टिबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने औपचारिक जानकारी गराएको छैन ।
संक्रमितमध्ये झापा केचनाकवल गाउँपालिकाका १५ र गौरादहका २ जना रहेका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या १०४ पुगेको छ, भने यस अगडि २६ जना डिस्चार्ज भईसकेका छन् ।
कोभिड–१९ उपचार केन्द्र व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार आज थप चार जना डिस्चार्ज हुँदैछन् । गोरखापत्रबाट

प्रकाशित मिति: १४ जेठ २०७७, बुधवार १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु