२९ वैशाख २०८२, आइतवार

नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

काठमाडौं । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।

हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ ।

प्रकाशित मिति: १७ जेठ २०७७, शनिवार १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु