८ असार २०८३, आइतवार

धुलिखेलका युवाहरु व्यावसायिक कृषि तर्फ उन्मुख हुँदै

धुलिखेल । धुलिखेलका युवाहरुले सुरु गरे कृषि तथा पशुपन्छी फर्मको नगरप्रमुख अशोक व्याञ्जुले निरिक्षण गर्नुभएको छ । कोरोनाको महामारीले हरेक व्यपार व्यवसाय सञ्चालन गर्न नसकिएको अवस्थामा र नेपाल बाहिर रहेर काम गरिरहेका युवा नेपालमा फर्किने क्रममा रहेको विभिन्न सर्वेक्षणले देखाएको बेलामा धुलिखेल नगरपालिकाका युवाहरुले आफ्नो ठाउँमा नै काम गर्ने सोच अनुरुप धुलिखेल नगरपालिका वडा न.३ मा कृषि फार्म आधिकारिक रुपमा सुरु गरेका छन् ।

धुलिखेल नगरपालिका वडा नं ३ तल्लो कुत्तालमा स्थानीय युवाहरुले संचालन गर्न लागेको कृषि फर्मको औपचारिक उत्घाटन धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले गर्नुभयो ।
कृषि फर्म उत्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले युवाहरुले सकारात्मक सोच अनुरुप देश भित्रनै
काम गर्नु पर्छ । धुलिखेल नगरपालिकाले कृषि विकासमा किसान टु पिरियोजना , किसानलाई अनुदानमा कृषि औजारहरू वितरण गरेको नगर प्रमुख अशोक व्याञ्जुले जानकारी दिनुभयो ।
गोठ एकीकृत कृषि तथा पशुपन्छी फर्म उत्घाटन कार्यक्रममा नगर उपप्रमुख बिमला शर्मा वडा अध्यक्षहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: १७ असोज २०७७, शनिवार २२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु