६ असार २०८३, शुक्रवार

अनेरास्ववियु काठमाडौँ विश्वविद्यालयले दियो कोरोना संक्रमित बिरामीलाई पौष्टिक आहार

धुलिखेल । काेराेना भाइरसको महामारीले विश्व अस्तव्यस्त बनेकाे छ । यस्तोमा कोरोना भाइरसले काठमाडौं विश्वविद्यालयलमा अध्ययनरत विद्यार्थीहरुलाई पनि छोडेन । काठमाडौं विश्वविद्यालयलमा अध्ययनरत विद्यार्थीहरुलाई कोरोना भाइरस पुष्टि भएको पछि विरामी भएका विद्यार्थीहरुलाई अनेरास्ववियु काठमाडौं विश्वविद्यालयले विद्यार्थीकाे हक हितका निमित्त जस्ताे सुकै अवस्थामा पनि तयारी अवस्थामा रहनेछाैँ भनेर प्रतिबद्धता दिएका छन् र ,त्यहि अनुरुप अनेरास्ववियु काठमाडौं विश्वविद्यालयले काेराेना सङ्क्रमित विद्यार्थीका निमित्त विभिन्न पाैष्टिक आहरकाे व्यवस्था गरि उनिहरुकाे सेवाका निमित्त खटिएर बस्नु भएका प्रशासनका स्टाफहरु मार्फत बुझाएका छन। “हामीले स्टाफहरु सगँ समन्वय गरि विद्यार्थीलाई खाना पुर्याइदिने कार्यहरु पनि गरेका छाैँ र थप केही समस्या आएकाे खण्डमा तत्कल अनेरास्ववियु उक्त समस्यालाई निर्मुल पार्ने प्रतिबद्धता पनि गरेका छाैँ” भन्ने कुरा अनेरास्ववियुका नेताहरुले बताए । विद्यार्थीकाे पाैष्टिक आहरका निमित्त नेकपा एमाले काभ्रेका नेता तथा अनेरास्ववियुका केन्द्रिय कमिटीदेखि क्याम्पस कमिटीका नेताहरुले सहयोग पुराएको जानकारी अनेरास्ववियुले काठमाडौँ विश्वविद्यालय जानकारी दिएको छ ।

प्रकाशित मिति: २७ चैत २०७७, शुक्रवार २१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु