धुलिखेल नगरको झण्डा सोलुखुम्बुको लोबुचे हिमालमा
धुलिखेल । धुलिखेल नगरपालिकाको वडा नं १ देबिटारकी लक्मी तामाङले सोलुखुम्बुमा रहेको लोबुचे हिमालको सफल आरोहण गरेकी छिन् । लक्मी तामाङले सोलुखुम्बुमा रहेको लोबुचे हिमालको सफल आरोहण सहित लोबुचे हिमालमा धुलिखेल नगरपालिकाको झण्डा फहराउन सफल हुनु भएकाे छ । लक्मी तामाङले धुलिखेल नगरपालिकाको र नेपाल राष्ट्रको सान बढाउने कार्य गरेकोले धुलिखेल नगरपालिकाको तर्फबाट नगरप्रमुख अशोक व्याञ्जुले उहाँलाई शुभकामना प्रदान गर्नु भयो उहाँले आफ्नो सामाजिक संजाल बाट लक्मी तामाङले गरेको कार्यले राष्ट्रको सान बढाउने काम गरेको भन्दै आगामी दिनमा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
यस अघि लक्मी तामाङ सगरमाथा लगायतका हिमालहरु आरोहण पश्चात् यहि पौष १४ गते ६८१२ मिटर अग्लो आमादब्लम हिमाल जोखिमपुर्ण आरोहण गर्नुभएको थियो । यस अघि पनि लक्मी तामाङले आमादब्लम हिमालको सफल आरोहण गरी त्यहाँ धुलिखेल नगरपालिकाको झण्डा फहराउन सफल हुनु भएकाे थियाे ।
प्रकाशित मिति: ६ वैशाख २०७८, सोमवार २०:२८ बजे











